काठमाडौं । नेपाली कांग्रेसभित्र महासमिति महासमितिको बैठकको तयारीलाई तिव्रता दिएको छ। आगामी फागुन ७ देखि १० फागुनसम्म चल्ने बैठकको तयारी ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभागले दाबी गरिसकेको छ भने हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको बताइएको छ ।
यसअघि महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग दिइएको छ आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियात ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन दिएको छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको आइसकेको छ, त्यसमा ५ देखि ७ वटा निर्वाचन क्षेत्रमा केही विवाद देखिएको छ ।
कांग्रेसको विधानका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य चयन भएर आउने छन् । यस हिसाबले महासमिति बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ भने । त्यो संख्याभित्र केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, भ्रातृलगायतबाट पनि प्रतिनिधि हुन्छन्।
मुल आयोजक समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकलाई प्रभावकारी बनाउन आठ उपसमिति समेत गठन गरेको छ। प्रचार-प्रसार उपसमितिको नेतृत्व मीनबहादुर विश्वकर्मा, आवासको मदनबहादुर अमात्य, भोजनको उदयशमशेर राणा, यातायातको धना खतिवडा, स्वयंसेवक परिचालनको जितजंग बस्नेत, स्वास्थ्य समन्वयको उर्मिला नेपाल केसी, प्रदेश समन्वयको इन्द्र बानियाँ र स्थानीय व्यवस्थापनको जितेन्द्र श्रेष्ठले नेतृत्व गरेका छन्।
बैठकले उपसभापति पूणर्बहादुर खड्काले नीतिगत प्रस्ताव, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन संयुक्त रुपमा पेश गर्दैछन्। महामन्त्री थापाले पछिल्ला समसामयिक बिषयलाई जोडेर महामन्त्री थापाले आगामी निर्वाचनबाट गठबन्धन नगर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्।