काठमाडौं उपत्यकामा भएका घर, मन्दिर, पाटी, पौवा, विहार, दरबार, मठहरूमा विभिन्न किसिमका झ्यालहरू पाइन्छन् । तिमध्ये एक मुखे झ्यालहरू पनि एक हुन् । वास्तवमा भन्नुपर्दा काठमाडौं उपत्यकाका स्मारकहरूमा सबैभन्दा बढी मात्रामा एकमुखे झ्यालहरू पाइन्छन् । यस्ता झ्यालहरूमा आफ्नै किसिमको काष्ठकलाकारिता देख्न सकिन्छ । झ्यालहरू प्रायः जसो वर्गाकार र आयातकार चौकोसमा बनेका छन् भने खुला भागको आकार भने भिन्न रहेको पाइन्छ । प्रत्येक झ्यालका भागमा जोडिएका भागहरूको नाम अलग अलग हुन्छन् । एकमुखे झ्यालहरू पनि कुनै खोल्न सकिने अवस्थामा बनेका छन् भने कुनै आँखीझ्यालको रूपमा भित्रबाट मात्र बाहिर हेर्न सकिने तर खोल्न नसकिने स्वरूपमा बनाइएका छन् ।
आँखीझ्यालको प्रयोग सम्भवतः हावाको निकासको साथ साथै प्रकाश भित्रतिर जानको लागि बनाइएको हुन सक्छ । कुनै झ्यालमा त बसेर बाहिर हेर्न सकिने गरी बनाइएको पाइन्छ भने कुनै झ्यालमा खोल्न नमिल्ने गरी मात्र सजावटको हिसाबले बनाइएको पाइन्छ । झ्यालहरू विशेष गरी काष्ठकलाहरूको प्रख्यात छन् । यस्ता झ्यालहरूमा काष्ठकलाका अतिमहत्वपूर्ण पक्षहरू देख्न सकिन्छ । यस्ता झ्यालहरूको मुखहरू देवता, पशुपक्षी वा लौकिकजीवनसँग सम्बन्धित घटनालाई चित्रण गरिएको पाइन्छ । विशेषगरी झ्यालका मध्य भागमा कुँदिएको आकृतिको आधारमा पनि झ्यालहरूको नामकरण गरिएको पाइन्छ ।
मध्यभागमा कमलको आकृति कुँदिएको झ्याललाई कमल झ्याल, मध्य भागमा मयूरको आकृति भएको मयूर झ्याल, बीचमा सूर्य आकृति वा सूर्य विम्ब र किरणहरू भएको झ्याललाई सूर्यमुखी झ्याल इत्यादि । यसरी झ्यालमा कुँदिएको मूर्ति वा आकृतिको आधारमा झ्यालहरूको नामकरण भएको छ भने कतै नभएको झ्याललाई देशेमरु झ्या भनेर पनि नामाकरण गरेको पाइन्छ । यसरी एकातिर झ्यालहरूको नामकरण मूर्ति वा आकृतिको आधारमा भएको पाइन्छभने झ्यालहरूको खापाहरूमा र झ्यालकै चौकोसहरूमा विभिन्न किसिमका आकृतिहरूकुँदिएको पाइन्छ । झ्यालहरू, सूर्य, गणेश, अप्सराहरू, भक्तभक्तिनीहरू, घोडाका आकृतिहरू, सर्पहरू, मकराकृतिहरू, रुखका लहराहरू आदि कुँदिएका हुन्छन्। यी आकृतिहरू कुनै लौकिकजीवनसँग सम्बन्धित रहेका छन् भने धार्मिक र सांस्कृतिक जीवनसँग सम्बन्धित रहेका छन् ।
साथै झ्यालका जालीहरूमा पनि कलाकारले विभिन्न वस्तुको स्वरूपलाई प्रस्तुत गर्न खोजिएको पाइन्छ । कुनै झ्यालको जालीहरूमा हीराहरूको आकृति दिएको पाइन्छ भने कुनै रुखका लहराहरूको आकृति दिइएको पाइन्छ । यसरी एकुमखे झ्यालहरू काष्ठकलाको दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छन् । र यस्ता झ्यालहरूमा सूक्ष्मकलाकारिता देख्न सकिन्छ । क्।द्य। म्भय अनुसार यस्ता झ्यालहरू वैज्ञानिक प्रविधिबाट बनाइएका छन्र वहाँको भनाइ अनुसार यस्ता झ्यालहरूमा मानसार भन्ने ग्रन्थबाट प्रभावित रहेका छन् ।
एकमुखे झ्यालहरूमा भक्तपुर क्षेत्रमा भएका स्मारकहरूमा भएका झ्यालहरूयहाँको मयूर झ्याल विशेष प्रसिद्ध छ । पाटन दरबार क्षेत्रमा भएका झ्यालहरू यहाँ विशेष गरी कुमारी र मूलचोकमा भएका झ्यालहरू महत्वपूर्ण मानिन्छन् । काठमाडौंको दरबार क्षेत्रमा भएका एकमुखे झ्यालहरू । यस क्षेत्रमा भएका झ्यालहरूमा कुमारीघरमा भएका मयूर र सूर्यझ्याल र भटखाटोलस्थित व्यक्तिगत घरमा भएको देशेमरु झ्याल महत्वपूर्ण मानिन्छ । तलकेही महत्वपूर्ण एकमुखे झ्यालहरूको वर्णन गर्नु सान्दर्भिक देखिन्छ । झ्यालहरू बनाउनको लागि विभिन्न किसिमका औजारहरू पनि प्रयोग हुने गर्दथ्यो ।