काठमाडौं प्राचीन नेपाल मण्डल अर्थात् नेपाल कहलिएको काठमाडौँ उपत्यका तथा यसका वरिपरिका कीर्तिपुर नगरपालिकाका आदिवासीहरू वा नेवारहरूले अपनाउँदै आएको सामाजिक संस्कृतिक तथा छुट्टै दर्शनले नेवार जनजीवनमा ठूलो भूमिका खेल्दै आइरहेको पाइन्छ । विविध संस्कारहरू मध्ये नेवार छोरीहरूमा गरिने ‘इहि’ (बेल विवाह) गर्ने संस्कार पनि एक हो । बालिकाको बालापनबाट नयाँ अवस्थामा प्रवेश गर्ने अर्थात् बयस्कमा प्रवेश गर्ने अवस्थामा गरिने ‘इहि’ संस्कार ठूली भई भन्ने अर्थमा गरिने सस्कार हो । ‘
इहि’को शाब्दिक अर्थ विवाह हो । ‘इहि’ समारोहलाई नेवारहरूले उच्च महत्वका साथ हेर्ने गर्छन् । यो घरेलु संस्कार मध्ये सबैभन्दा पवित्र र उच्च धार्मिक महत्व प्रदर्शन गर्ने घटनाक्रमका रूपमा रहेको देखिन्छ । ‘इहि’ संस्कार प्रकार्यात्मक रूपमा विवाह र भगवान नारायणसँग गरिन्छ, जो चिरञ्जीवी रहेका छन्। यस अर्थमा हेर्दा नेवार महिला कहिल्यै पनि विधवा हुनु नपर्ने हुन्छ । ‘इहि’को कारण नेवार महिला विधवा हुन्न्र उनले चाहे अनुरूप धेरै चोटी पुनर्विवाह गर्न पनि सक्छिन् । ‘इहि’ संस्कार नेवार महिलाको सम्बन्ध विच्छेदको अधिकारसँग पनि जोडिएको देखिन्छ ।
‘इहि’लाई विवाह संस्कारका रूपमा व्यक्त गरिएको छ । उनले ‘इहि’लाई स्वस्थानी व्रतकथासँग जोडेर उल्लेख गरेका छन् । स्कन्द पुराणअन्तर्गत हिमवत खण्डको कथा अनुरूप वैधव्य जीवनबाट मुक्तिको लागि कुनै समाधान गर्नुप¥यो भन्ने पार्वतीको अनुरोधलाई नकार्न नसकी महादेवले सुवर्णकुमार रूपी श्री विष्णु भगवान्सँग केटीहरूको विवाह गराईदिने विधिलाई ‘इहि’को रूपमा प्रस्तुत गरिएको छ । ‘इहि’लाई महादेवले सिकाएको विधिबाट हिरणाय पुरुषसँगको विवादको रूपमा उल्लेख गरेका छन् ।
इहीको शाब्दिक अर्थ विवाह नै हो । यो नेवारको छोरी जन्मेको ६ वर्षदेखि ९ वर्षभित्र अथवा छोरीको रजस्वला हुनुपूर्व नै गर्नुपर्ने आध्यात्मिक संस्कार हो । हिन्दु धर्मावलम्बीले सुर्वण कुमार (विष्णु नारायण)सँग गर्ने विवाह भने बौद्ध धर्मावलम्बीले श्रवणकुमारसँग गर्ने विवाह भनेका छन् भने कसैले बेलसँग गर्ने विवाह हो भनेका छन् भने कसैले भगवानसँग गरिने विवाह । कसैले छोरीहरूलाई यौन स्वतन्त्रता दिने संस्कारको रूपमा मानेका छन् ।
नेवारी छोरीको रजस्वला हुनु अगाडि नै गरिने संस्कार हो। छोरी कुमारी अवस्थामै इही संस्कार गरिदिएको खण्डमा आमाबुबालाई ठूलो पून्य प्राप्त हुने धारणा छ । छोरीहरूलाई इही गरेपछि मात्र परिवारको योग्य व्यक्ति हुन्छ । इही नगरेको व्यक्तिको निधन भयो भने आफन्तले ४ दिन मात्र बार्ने गर्दछ भने इही गरेपछि परिवारको सदस्यकोरूपमा लिइन्छ ।