काठमाडौं । देशभर महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’ जस्ता विषयमा लगातार समाचारहरू प्रकाशित हुन थालेका छन् । जनप्रतिनिधिहरूले महोत्सवका नाममा नाम तथा दाम कमाउने काम गर्ने गरेको भनेर आलोचना हुने क्रममा पछिल्लो समय इटहरीमा आयोजित ‘दोस्रो परम्परागत खाना महोत्सव’ परेको छ । यस्ता किसिमका सीमित दर्शकको सहभागितामा हुने महोत्सवले सरकारी बजेट पचाउने ‘धन्दा’ मात्रै भएको विज्ञहरूले बताएका छन् । विज्ञहरूले सरकारी बजेट पचाउनकै लागि यस्ता कार्यक्रम हुने गरेको बताउने गरेका छन्।
यसै सेरोफेरोमा बुढानीलकण्ठ नगरपालिकामा यसै साता हुने भनिएको बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव पनि सरकारी बजेट सकाउने धन्दा मात्र हुने सक्ने आशंका व्यक्त गरिएको छ । स्थानीय भेकमा हुन लागेको महोत्सवमा स्थानीयलाइ वास्तै नगरेर सुरू गर्न लागेको भन्दै स्रष्टा तथा साहित्यकारले बजेट सकाउने तथा एकदलीय कार्यक्रम बन्न लागेको भनेर शंका व्यक्त गरेका हुन् । स्रष्टाहरूले स्थानीय विषय र सहभागिताको अभावले पचाउने धन्दाका धेरै कुरा बाेलेको बताएका छन् ।
बुढानीलकण्ठ नगरपालिकामा नै बस्दै आएकी लेखिका ममता मृदुल कार्यक्रमका बारेमा भन्छिन्, “बुढानिलकण्ठ नगरपालिकामा हामीले पनि पसिना खन्याएका थियौँ क्यार । चार आनेको के कुरा भन्लान् !” छन्द लेखनमा सक्रिय मुकुन्द शर्मा लेख्छन्, “खोइ यता त केही ख़बर छैन । हामी पनि ४ दशकदेखि बुढानीलकण्ठमै रहेर साहित्य सेवा गर्दैछौँ । आयोजकले नै जाननु सबैथोक ।”
पोखरामा भर्खरै सकिएको तथा जनकपुरमा सुरू भएको साहित्य सम्मेलनकोहुबहु कपि कार्यक्रम सरकारी बजेटमा आयोजना गरेर राजनीतिक स्टण्ट भएको भनेर धेरै कवि तथा कलाकारले दुखेको पोखेका छन् । स्थानीय संस्कृति र साहित्यलाइ उजागर गर्न पर्नेमा कार्यक्रममा ९० प्रतिशत सहभागि बुढानीलकण्ठभन्दा बाहिरबाट हुने लागेको चित्र प्रस्तुत भएपछि बजेट स्वाहा गरेर व्यक्ति हिरो बन्ने कार्यक्रम मात्र बन्न लागेको भनेर आलोचना भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले शिक्षाको बजेटबाट आफू खुशी लाखौँ खर्चेर आयोजना गर्न लागेको भनेर नगरकार्यपालिकादेखि उपमेयरको पार्टीभित्र पनि प्रश्नहरू उठेका छन् ।