काठमाडौं उपत्यकाको मध्यभागमा रहेको टुडिखेल कुनै बेला एशियाकै सबैभन्दा ठूलो परेड मैदान मानिन्थ्यो । लाखौं मानिस अट्न सक्ने टुँडिखेलमा ठूला ठूला सैन्य कवाज तथा सरकारी समारोह आयोजना गरिन्थ्यो । ऐतिहासिक स्रोतहरूका अनुसार अहिलेको रत्नपार्क, खुल्लामञ्च, टुFडिखेल, सैनिक मुख्यालय, रंगशाला, भृकुटी मण्डप र बसपार्कसहितको विशाल खुल्ला चौरलाई विशाल खुलामञ्चको रूपमा चिनाउने गरिन्थ्यो ।
कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौँको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको हो । यो ख्य: धार्मीक , साँस्कृतिक र पर्यायवरणीय र राजनितिक हिसाबले पनि महत्वपुर्ण रहेको छ । कुनै बेला त्यस चौरमा बिभिन्न दिगु द्य: ( कुल देवताहरु ) र चैत्यहरु समेत रहेको थियो र बिभिन्न समयमा त्यसता सम्पदाहरुलाई स्थान्ततरण गरिएको थियो भने हाल सम्म पनि खुल्लामंचको पश्चिम कुनामा तलेजु संग संवन्धित दुंईमाजुको सानो मन्दिर र भद्रकाली, महांकालको मन्दिर समेत रहिआएको छ भने हालसम्म पनि गुरुमापा संग जोडिएको एउटा ठुलो रुख पुर्व तर्फ देख्न सकिन्छ , काठमाण्डौंको बिशेष पहाँचर्हे जात्रामा खट जात्रा गर्ने देखी घोडा जात्रा समेत यसै टुँडिखेलभित्र गर्ने प्रचलन छँदैछ, विदेशको कोही प्रतिष्ठित व्यक्तिहरू आउँदा विशेष सत्कार गर्न, कवाज प्रदर्शन गर्न , वि .सं १९९० र २०७२ सालको भूकम्पमा समेत यस चौरले धेरै जनतालाई शरण दिएको थियो ।
हालको एक भाग खुल्ला मञ्च, जुन राजनीतिकरूपमा एक महत्वपूर्ण स्थल थियो , जहाँबाट बिगुल फुकेर जनतालाई आन्दोलनमा उतार्न र देशको हरेक आमूल परिवर्तनमा साक्षी बनेको थियो र अझ पनि अन्य आन्दोलन र परिवर्तनको साक्षी बन्न सक्छ । विभिन्न समयमा राणाकालदेखि विभिन्न बहानामा यस विशाल चौरलाई खण्डीकरण गर्दै हाल यस चौरको अस्तित्व लगभग सकिन लागेको छ । अब उप्रान्त सरकारी अतिक्रमण रोक्न र अन्य खुला स्थानहरुलाई बचाइराख्न हामी सबै एकजुट भएर लाग्न ढिलो भइसकेको छ ।
अर्को किम्बदन्तीअनुसार इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको विलौना सुनेर परेवाले बिस्टाएका सुनलाई गुरुमापा नामको राक्षसद्वारा बोकाइ सहरभित्र छिराएका थिए। गुरुमापाले सहरभित्र छिरेपछि स्वभावअनुसार उपद्रव गर्न बाँकी राखेन। तर सहरवासीले त्यसो गर्न नदिई त्यो राक्षसलाई सहरभन्दा बाहिरको ठूलो चउरमा बसाउन योजना बुने। उसलाई मनाउन फागु पूर्णिमाको दिन सहरबाहिरको त्यो चउरमा आई वर्षको एकपटक एउटा राँगोको मासु र दस पाथी चामलको भात ख्वाउने कबुल गरियो। गुरुमापालाई पनि त्यो कुरा मञ्जुरी भयो। यसरी त्यो राक्षसलाई राखिएको चउरलाई कसैले ‘तिनिख्यस्’ पनि भनेका छन्। जुन अहिलेको टुँडिखेल हो। यो किंवदन्तीबाट टुँडिखेललाई राक्षसको आँगन भन्ने बुझियो। तर पछि परेड खेल्ने गरी राज्यको आँगन बन्न पुग्यो।