नेवारको समाजमा जातियता विभेद नेपाल सम्वत ५०१ देखि ५१६ सम्म शासन गर्ने मल्ल राजा अशोक मल्लको छोरा जय मल्ल (जयस्थिति मल्ल) ले समाजलाई व्यवस्थित गर्नको लागि सुधार गरेका थिए । राजा जयस्थिति मल्लले आफ्नो मन्त्री जगत भारो (श्रेष्ठ) र राजगुरु शिवदास उपाध्यायसहित अरु पाँच जना– १. कान्यकुण्जीब्राम्हण—कीर्तिनाथ उपाध्याय २.मेथिलब्राम्हण—रघुनाथ झा ३.रामनाथ झा ४.दक्षिणी ब्राम्हण — श्रीनाथ भट्ट ५.महिनाथ भट्ट आदिहरुको सल्लाहअनुसार तत्कालीन नेवारहरुलाई ६४ वटा जातिमा व्यवस्था गरेको देखिन्छ ।
ती ६४ वर्गमा विभाजित जातहरु लीलाभक्त मुनाकर्मीको नेपाली भाषाको ‘‘मल्लकालीन नेपाल” भन्ने किताबअनुसार जाति विभाजन यसरी छन् ।
१. कुलु (चर्मकार) — छालाको ब्याग, पानीको भाँडो, बाजा गाजा बनाउने
२. पोरे — पीठ देवतालाई हेरविचार गर्ने, देवतालाई चढाएका भाग खाने, दीपको दस्तूर लिने
३. डुम— जोगी जातसित वसी ढोलक बजाउने, स्त्रीलाई नचाई खाने
४ टंती— मृत्युलाई ओड्ने ‘द्यवं कपडा’ बुनी विक्री गर्ने
५ जोगी— सामाजिक मङ्गल काममा वाजा बजाउने
६ पुलुपुलु— मृतक मलामी लग्दा अगाडि अगाडि बसेर “मुजुरा आप्ती” बजाएर जाने
७ नाय्(खड्गी)— राँगो काती मासु विक्री गर्ने
८ नरी— भित्तामा चित्र लेख्ने
९ गठू— फूल विक्री तथा सातेर चामल लिने
१० छिपा— (रँजीतकार) कपडामा रंग लगाउने
११ कौ(नकर्मी)— फलामको ज्यावल वनाउने
१२ पिछिनी— वच्चा जन्मिदा वच्चाको नालो काटी असल दिनमा चोक (दुपाट) मा फाल्ने
१३ धोव्या (सघट)— मानिसको लुगा धोएर महिना महिनामा÷वर्षमा वालि उठाइ खाने
१४ नौ(नापित)— सबैको नङ र कपाल काती महिना महिनामा÷ वर्षमा वाली उठाइ खाने
१५ कोना— धुँप वनाउने र काठ, दाउरा, आदि विक्री गन
१६ भाः— ओड्ने र पटुकामा रँग लगाउने र यजमान गर्दा एकादशमा भाग लिने
१७ पँु(चित्रकार)— देवताहरुको चित्र लेख्ने
१८ साँय्मी— तेल पेलेर वेच्ने र देवताको खत वनाउने
१९ मुस खड्गी— मासु विक्री गर्दा मासु पोको पारेर ज्याला लिने
२० तेप्याय्(वेञ्जनकार)— (पल) सागपात खेती गरी बिक्री गर्ने
२१ खुसः(तण्डुकार)— दु बोक्ने काहाः वाजं वजाउने खत वनाउनमा मदत गर्ने
२२ सिंकमि (सिकर्मी)— काठको झ्याल ढोका वनाउने
२३ ग्वालः(सापू)— गोपाल गाइ पाल्ने र दुध घ्यू वेच्ने
२४ कुम्हाः (कुमाल)— मााटोको भांडाकुंडा वनाउने
२५ उदास— ल्हासामा कोठी राखेर व्यापार गर्ने
२६ तती— द्येवं र जनाई बनाई बिक्री गर्ने
२७ तवः (ताम्राकार)— पितल र तामाको भाडा वनाउने
२८ सुलमी (मुलमी, श्रेष्ठ)— व्यापार गर्ने
२९ किसान (ज्यापु)— खेती गर्ने, देवताको पुजा सामान वोक्ने
३० वैद्य— बिरामी हेर्ने
३१ लोंहकःमि (शिल्पकार)— ढुंगाको मूर्ति वनाउने
३२ बरही— काठको सामान वनाई विक्री गरी खाने
३३ हलुवाई मरी पकाउने र बिक्री गर्ने
३४ विखुबरे— मुला, अदुवाको खेती गर्ने, पञ्च पताकर दिने
३५ बरे— सुनचाँदीको गहना तथा ढलौटको भाँडाकुँडा वनाउने
३६ वज्राचार्य श्रेष्ठ, ज्यापु, हलवाइ, बराई, सिकंमी शिल्पकार, चित्रकार आदि— वुद्धमार्गीलाई मन्त्र दिने
३७ कसाल (कंसाकार)— काँचको(कयं्) भाडा कुडा बनाउने
३८ पीठाचार्य (पीठ–आचाजु)— पीठ देवताको पूजा गर्ने
३९ शिवाचार्य (आचाजु)— शिवलिङ्गको पुजा गर्ने, गृहशुद्धि (घःशु) को काम गर्ने
४० कर्माचार्य (आचाजु)— तलेजुको सेवा गर्ने यजमान गर्ने
४१ गुरुवाचार्य— श्रेष्ठजातलाई दिक्षा सुनाउने–शुद्ध कामको होम गर्ने,यजमान गर्ने
४२ देवाचार्च— आफ्नो घरको शुद्धको होम गर्ने — यजमान गर्ने
४३ पात्रवंश(थकूलवत)— ढाल तलवार भेरी राजाको सेवा गर्ने
४४ राज— लवत ढाल तलवार भेरी राजाको सेवा गर्ने
४५ कायस्थ— जनताको दानपत्र, सुकी विक्री पत्र, तमसुक भाषापत्र गैह्र व्यवहारिक लिखत लेख्ने
४६ भारो(श्रेष्ठ)— व्यापारी गर्ने
शिवमार्गी–ब्राम्हण र बुद्धमार्गी गुभाजुवाट मन्त्र लिने
४७ महाजु(अमात्य)— राज्य काम गर्ने
४८ जोशी— नित्य काम गर्ने, पात्रो बनाउने, जन्मपत्री लेख्ने, साइत हेनर्,े यजमान गर्ने
४९ ठकू(ठकुरी)— तलवार भिरेर सधैं राज्यको काम गर्ने
५० जुजुखल(ठाकुर)— ललवार मिरेर सधै राज्य काममा वस्ने
५१ राजा— ढाल तलवार भिरेर आफ्नो नीतिमा वस्ने
५२ देव— व्राम्हण मन्त्र सुन्ने सुन्नाउने, राजालाई मन्त्र दिने
माथिको पंक्तिमान नराखेको केही अरु जात यस प्रकार छन्
१ वलामी— काठ दाउरा काती विक्री गन
२ माझी— माछा मारी विक्री गर्ने
३ माहुती— हात्तीलाई हेरविचार गर्ने
४ मातिं–द्यला,मातंगी देवताको हेरविचार गर्ने
५ सवल— सबः
६ च्यामखल —वाटो चोक आदिमा कुच्व लगाउने र चर्पी सफा गर्ने
७ दँगुल (क्षेत्रकार)— हातले जगा नापी दिने
८ पीछु(तक्षकार)—घरको नाप गर्ने बर