काठमाडौं । बुढानीलकण्ठ क्षेत्रको पूरानो पानी उत्पादन तथा वितरण गर्ने कपन जोरधारा खानेपानी संरक्षण संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । ठाकुरप्रसाद खकुरेल नेतृत्वको समितिका बरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद सापकोटा संस्थाको नयाँ अध्यक्ष भएका छन् ।
असरल्ल र आलोचनाको शिकार भैरहेको संस्थाको नयाँ पदाधिकारी बन्न धेरै जना इच्छुक देखिएपछि ढिलो गरी चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुमार कसुज श्रेष्ठ तथा महासचिव भेषबहादुर डोटेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा तपन पोखरेल चयन भएका छन् भने सचिवमा प्रकाश कटवाल चयन भएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पद खानका लागि लामै रस्सकस्सी भएपछि अधिवेशन सकिएको लगभग एकहप्तापछिमात्र कार्यसमिति चयन प्रकृया टुंगिएको हो ।
गत २१ गते तीन पदमा सहमति जुट्न नसकेपछि अधिवक्ता विश्वनाथ दाहालको संयोजनमा निर्वाचन समिति बनेको थियो समितिले पौष २७ गतेको लागि निर्वाचन मिति तोकेको थियो। निर्वाचन समितिले गरेको निणर्याअनुसार निवर्तमान अध्यक्ष ठाकुरप्रसाद खकुरेल तथा वडाध्यक्ष नवराज भट्टराईको पहलमा अन्ततः सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिः
अध्यक्षः टंकप्रसाद सापकोटा
वरिष्ठ उपाध्यक्षः कुमार कसजु श्रेष्ठ
द्वितीय उपाध्यक्षः गणेशकुमार पौडेल
तृतीय उपाध्यक्षः सुमित्रा श्रेष्ठ
महासचिवः भेषबहादुर डोटेल
सचिवः प्रकाश कटवाल
कोषाध्यक्षः तपन पोखरेल
सदस्यः हरिप्रसाद भट्टराई
सदस्यः संगीता पन्त
सदस्यः महाधन राई
सदस्यः सरस्वती न्यौपाने
सदस्यः ऋद्धि पन्त
सदस्यः निरबहादुर श्रेष्ठ
सदस्यः डोरबहादुर भण्डारी
सदस्यः नवराज तिमल्सिना