काठमाडौं। काठमाडौंको शिवपुरी बुढानीलकण्ठ राष्ट्रिय निकुन्ज अन्तर्गत गोकणर्ेश्वर नगरपालिका १ मा नागमती ड्याम बन्ने प्रक्रिया अघि बढेको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत ७ वर्षअघि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको नागमती ड्यामको निर्माण यसै वर्षबाट अघि बढ्ने भएको हो।
धाप ड्याम निर्माण सफलतापछि त्यहाँबाट केही तल नागमती ड्याम बनाउन लागिएको हो ।
ड्याम बनाउन सर्भे पूरा भइसकेको र एक वर्षभित्र क्षेत्रमा सडक बनाउने र ७ हजार रुख कटान गर्ने तयारी भइरहेको छ ।
बाँधको इआइए अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार नागमती ड्यामका लागि ५५३ मिटर लामो बाँध बनाइने छ। यो तालको उचाई ९४ मिटर हुने र लगभग ३ किलोमिटर क्षेत्रफलमा पानी फैलने छत्कुलीको भनाइ छ।
आयोजनाको पहिलो वातवरणीय प्रभाव मूल्याङ्कन(इआइए) अन्तिम चरणमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। ‘ बर्खाको पानी जम्मा हुने नागमतीको रुख कटान र सडकको काम यही वर्षको जुलाईबाट सुरु हुनेछ । भौतिक संरचना निर्माणको थालनी भने जुलाई २०२५ बाट शुरू हुनेछ ।
आयोजनाको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। एडीबीकै सहयोगमा बन्ने आयोजनामा २५ अर्ब बराबरको खर्च हुने अनुमान गरिएको छ भने आयोजना बन्न ८ वर्ष लाग्ने अनुमान गरिएको छ ।
शिवपुरी नागार्जुन निकुञ्जभित्रै धाप ड्यामपछि एकै वडामा फेरि अर्को ड्याम बन्न लागेको हो । आयोजना लोकल समस्याहरुलाई सम्बोधन गर्नका लागि यो बनेको बताइएको छ । काठमाडौंको जमिनमा पानी रिचार्ज गर्न र सुक्खा याममा जलपथान्तर गरी बागमती नदीमा पानीको बहाव बढाउन पनि ड्यामले सघाउने अपेक्षा गरिएको छ ।
बागमतीको मुल मानिने नागमतीमा ड्याम बनाउनुको अर्को उद्देश्य हो – क्राइसिस मेनेजमेन्ट।
काठमाडौंमा पानी रिचार्ज नहुने समस्या बढ्दो छ। पानी सिमेन्टेड संरचनाबाट सिधै खोलामा पठाइन्छ। यहाँको जमिनमा रिचार्ज हुनै पाएको छैन ।
त्यसैगरी ड्याममा सञ्चित पानीबाट विद्युतसमेत उत्पादन गर्ने लक्ष्य रहेको छ। ‘आयोजनाबाट १.८६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ उनले भने। १२ महिनै बिजुली उत्पादन हुने आयोजनाको दाबी छ। बागमतीमा हिउँदको समयमा पानी प्रवाहमासमेत नागमती ड्यामले सघाउने छ। ‘बागमतीमा १५० लिटर पानी निरन्तर रुपमा प्रवाह गरिने छ। ४५० लिटर दैनिक हाइड्रोपावर जेनेरेट गरेर ९ महिना बागमतीमा प्रवाह गर्ने योजना रहेको छ
अहिले धाप ड्यामबाट विभिन्न ९ वटा धार्मिक पर्वहरुमा १४ दिन पानी छाडिन्छ। त्यसैगरी सुक्खायाममा पानी शोधभर्नाका लागि ‘वाटर बैंक’को अवधारणा पनि आएको उनले बताए। ‘३० करोड घनमिटर पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा दिएका छौँ। मेलम्चीको पानी टनेल आएपछि शोधभर्ना हुन्छ पानी,’ छत्कुलीले भने। नागमती ड्याम बनेपछि वर्षा याममा ३ महिना मेलम्चीलाई पानी दिने सम्झौतासमेत भएको उनले बताए। बर्खाको समयमा मेलम्चीको पानी पथान्तर रोकिन्छ।