काठमाडौं खबर पुस २३, २०८०
जनैपूर्णिमाको दिनलाई रक्षाबन्धनको रुपमा मान्ने गरिन्छ । त्यो बन्धनको पनि बन्धन बाँधेर एउटा कानुन वि.सं. १९९० को दशकमा नेपालमा बनेको भेटिएको छ । जसले जनै कसले लगाउने, जबर्जस्ती जनै निकाल्नेलाई कारबाही हुने जस्ता व्यवस्था गरिएको थियो ।
संवत् १९९२ सालमा बनाइएको नियमअनुसार जनै लगाउन पाउने नपाउने, जनै निकाल्न पाउने नपाउने जस्ता विधि बाँधिएको थियो । सो कानुनको ११ नं नियम अनुसार जनै नपाउने जातले जनै लिने दिने दिलाउनेलाई जनही ६० रुपैयाँ दण्ड गर्नू, बेमार्गको दीक्षामन्त्र जानीजानी दिनेलाई ५० रुपैयाँ दण्ड गर्ने व्यवस्था उल्लेख छ ।
त्यस्तै, बेहक्मा जनै झिक्ने र झिक्न लगाउनेलाई १०० रुपैयाँ दण्ड गर्नू र बेहक्मा झिकाइमाग्नको जात नजाने र उसलाई पतिया गराई जनै दिलाइ दिने भन्ने व्वस्था सो कानुनमा उल्लेख छ ।