काठमाडौं । गाइँचा प्याखँ नेपालको सांस्कृतिक राजधानी भक्तपुरमा देखाइने महत्वपूणर् नाच हो । यो प्याखँ ९ नाच ० हरेक बर्ष गाईजात्रामा टोल टोलमा प्रर्दशन गरिन्छ । गोलो आकारमा बसेर प्रत्येक नाँच्ने कलाकारले एउटा एउटा लौरो बोकेर संगीतको तालमा भुइँमा ट्वाक ट्वाक टेक्ने गरिन्छ। गीतको तालमा बिस्तारै गोलो घुम्नु पर्छ र घुम्दै गर्दा बीच बीचमा फरक्क फर्की अर्को तर्फ घुम्ने गरिन्छ। पुरुषहरुको नाच भएतापनि पछिलो समय केटीहरु पनि यस नान्चमा भाग लिन थालेका छन्।
हरेक नाँच्ने कलाकारले दौरा ,सुरुवाल ,इष्टकोट ,नेपाली टोपी लगाएर नान्च्द्छ। मुखमा सेतो कपडाको मुकुट(मुखुण्डो) बनाएको हुन्छ । सेतो कपडाको टुक्रालाई आँखा, मुख, नाक पर्नेतिर प्वाल पारेर टाउकोको पछाडि बाँधिएको हुन्छ । कपडाको मुकुटमा जुँघा ,आँखा ,मुखमा रंग लगाएर मान्छे नचिनिने बनाएको हुन्छ।
केटीहरुले भक्तपुरको नेवारी ड्रेसमा रहेर नाचमा भाग लिन्छन् । यो नाचमा खुट्टा र लौरो भुइँमा बज्जारिएर नाचेको हुनै पर्छ । सबै नाच्ने कलाकारहरुको खुट्टामा बाक्लो चाँप बाँडिएको हुन्छ। संगीतको तालमा खुट्टा भुइमा बजारिँदा चाँपको मिठो आवाज आउँछ।
यस नृत्यको गीतमा हिजो आज स्थानीय राजनीतिदेखि अन्तर्राष्ट्रिय राजनीतिलाई पनि तिखो ब्यंग प्रस्तुत गरिएको हुन्छ । नाचमा राजनैतिक सचेतता, विसंगति बिरुध्दको आवाज ,नागरिकहरुको दुःख पिडा ,राजननैतिक जालझेल, ठुलाले सानालाई गरेको थिचोमोचो, हुनेखानेभन्दा हुँदा खानेहरुको आवाजलाई गाइजात्राको दिनमा भए पनि ढुक्कले पोखिएको हुन्छ। यस नृत्यद्वारा नेपाल लगायत विश्वको राजनैतिक घटनाक्रमलाई पनि जन मानिसले बुझ्ने मौका पाउछन् ।
जुन गीत तथा नृत्यले जनताको सुखदुःखको बेलामा साथ, सहयोग र आवाजलाई बुलन्द गर्दछ वास्तबमा त्यही गीत र संगीत कालजयी हुनुको साथै जनताको जनजिब्रोमा बाँचिरहेको हुन्छ। यस गीत तथा नृत्यलाइ भक्तपुरमा मात्र सिमित नगरी नेपालभरी नै प्रचार प्रसार गर्न माग बढिरहेको छ ।