काठमाडौं खबर पुस १३, २०८०
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेलाई जबर्जस्ती बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दिपलाई दोषी ठहर्याएको हो ।
न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेसँगै उनी अब कारागार चलान हुने भएका हुन् ।