पाकिस्तानी खेलाडी बाबर आजम वान डे क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन् । आईसीसीको नयाँ वरियतामा बाबजर शीर्ष स्थानमा फर्किएका हुन् । उनले भारतीय ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पुन पुरानै वरियतामा फर्किएका हुन् ।
यस्तै भारतीय ब्याट्सम्यानद्धय विराट कोहली र रोहित शर्मा शीर्ष चारभित्र अटाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको वान डे सिरिजमा गिलको अनुपस्थितीका कारण वरियतामा ठुलो फेरबदल आएको हो ।
बाबर ८ सय २४ रेटिङ अंक सहित नम्बर एक वान डे ब्याट्सम्यान बनेका हुन् । गिल ८ सय १० रेटिङ अंक सहित दोस्रो स्थानमा छन् । विराटको ७ सय ७५ र रोहितको ७ सय ५ सय ४४ अंक रहेको छ ।
तर बाबरले टेष्ट वरियतामा भने घाटा ब्यहोरे । अष्ट्रेलियाविरुद्ध उनले खराब प्रर्दशन गरेका थिए । खेलमा पाकिस्तानको टिम ३ सय ६० रनले हारेको थियो । पर्थमा भएको टेष्टमा बाबरले पहिलो इनिङ्समा २१ र दोस्रोमा १४ रन बनाएका थिए । सोही कारण उनी टेष्ट वरियताको चौथोंबाट पाँचौं स्थानमा झरेका छन् । केन विलियम्स ८ सय ६४ रेटिङ अंक सहित शीर्ष स्थानमा छन् ।