काठमाण्डौ – अत्यधिक जनसङ्ख्या, सहरीकरण, बढ्दो घर तथा भवन निर्माण, जथाभाबी प्लटिङलगायत कारणले प्राकृतिक संरचनामाथि दोहन बढिरहेको छ ।
्
मानव जीवनका लागि उपहारस्वरुप मानिने प्राकृतिक सम्पदामाथि भइरहेका यस्ता गतिविधिले थुप्रै समस्या निम्तिरहेका छन् । बाढी पहिरो, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्या यस्तै कारण निम्तिएका हुन् । अझै, विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन झनै बिग्रन थालेको हो ।
विश्वभर नै प्रकृतिमाथि दोहन भइरहेको छ । नेपाललगायत देश भने प्राकृतिक सम्पदामाथिको दोहन कारण उत्पन्न जलवायु परिवर्तन, प्रदूषण लगायतका विपत्तिको मारमा परिरहेका छन् । पछिल्लो समय नेपालमा पनि प्रकृतिमाथिको दोहन बढ्दो छ ।
आश्रित जनसङ्ख्या बढेसँगै नेपालमा पनि प्राकृतिक सम्पदाको क्षयीकरण बढेको हो । अझै बाक्लो जनसङ्ख्या रहेको काठमाण्डौ उपत्यका वरपरको देखिने दृश्य झनै डरलाग्दो छ ।