काठमाडौं । पछिल्ला केही हप्तादेखि बुढानीलकण्ठ मन्दिरका महन्थ निगमानन्द गिरिका बारेमा थुप्रै समाचार तथा आलेखहरू प्रकाशित भए । पछिल्ला डेढ दशकमा बुढानीलकण्ठमा बसेर उनले गरेका गर्न हुने नहुने कृत्यदेखि उनको व्यक्तिगत आचरणमासमेत औँला उठ्ने तरिकाले प्रकाशित समाचारप्रति जनसामान्यको सकारात्मक प्रतिक्रिया आए पनि मुख्य सरोकारवाला संस्था बुढानीलकण्ठ नगरपालिका भने असाधारण चुप्पी साँधेर बसेको छ । यसैक्रममा काठमाडौँ खबरलाइ केही वडाध्यक्षदेखि सांसद एवम् स्थानीय राजनीतिकर्मीले फोन गरेर नलेखिदिन अनुरोध तथा दबाव दिएका छन् । (ती फोन गरेका सबैजनाको फोन रेकर्ड काठमाडौँखबरसँग् सुरक्षित छ ।)
बुढानीलकण्ठजस्तो धार्मिक क्षेत्रमा अधार्मिक चरित्रका महन्थ निगमानन्द गिरिलाइ हटाउन पहल गर्ने सबैभन्दा प्रभावकारी तथा प्रभावशाली संस्था भनेको नगरपालिका नै हो । नगरपालिकाले चाह्यो भने महन्थ हटाउनदेखि तत्काल क्षेत्र विकास समिति गठन गर्न एकदिनमा सम्भावना हुन सक्ने भए पनि आफ्ना कमजोर कृयाकलापका कारण अझै बदनाम बनिरहेको नगर प्रमुख मिठाराम अधिकारीले यो विषयलाइ मुल मुद्धा बनाउन सकेका छैनन् ।
व्यापकरूपमा समाचारहरू प्रकाशित भएपछि विचलित भएका निगामनन्दले केही राजनीतिक शक्तिकेन्द्र गुहारेर समाचार बन्द गर्ने प्रयास गरे पनि नगरपालिकाले भने कुनै पनि खाले कृयाप्रतिक्रिया व्यक्त गर्न चाहेको देखिदैन । हालसालै नगरपालिकाअन्तर्गत सुशासन समितिका संयोजक तथा वडाध्यक्ष शम्भुप्रसाद भट्टराइप्रति निगमानन्दले गरेको अशोभनीय व्यवहारलाइ पनि नगरपालिकाले सम्बोधन गरेको छैन । निगमानन्दले नगरपालिका सुशासन समितिका संयोजकसँग विवाद गर्न पुगेका थिए । वडाध्यक्ष भट्टराइले मन्दिरमा रहेको महन्थको आलिशान आवासको छतबाट खसेको पानीलाइ व्यवस्थित गर्न पर्यो भन्दा निगमानन्द जाइ लागेका थिए ।
स्थानीय जनप्रतिनिधिलाइ तिणर् बारबार मान्दै आफ्नै हालिमुहालीमा मन्दिरलाइ धार्मिक आस्थाको केन्द्रभन्दा व्यक्ति आस्थाको केन्द्र बनाउँदै लगेका निगमानन्दसँग स्थानीय जनप्रतिनिधि किन नतमस्तक छन् भन्ने प्रश्न पनि उठिरहेको छ । नगरपालिकाको वडा नं ३ मा रहेको मन्दिरमा महन्थको वितण्डाको साक्षीझैं देखिरहेका वडा नं ३ का जनप्रतिनिधिले अझै मुख खोलेको देखिएको छैन । व्यक्तिगतरूपमा कुरा हुँदा निगमानन्द तथा उनका कृयाकलापको खुलेर आलोचना गरे पनि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरू सार्वजनिकरूपमा मुखरित हुन सकेका छैनन् ।
बुढानीलकण्ठ मन्दिरभन्दा महन्थ ठूलो ?
पछिल्लो पन्ध्र वर्षमा महन्थ निगमानन्दले स्थानीयवासीदेखि शक्तिकेन्द्र सबैलाइ आफूतिर आकर्षित गरेको देखिन्छ । मानिसहरू मन्दिरलाइ एकहातले सलाम गरेर महन्थ निवासमा महन्थको हातबाट टीका लगाएर ढोग्न पुग्छन् । स्थानीयवासीभन्दा पनि स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरू बिहानै महन्थ हातबाट टीका लगाउन र दुध पिउन पुग्ने गरेका छन् । तिनै स्थानीय नेता कार्यकर्ताले आफ्ना नेताहरूलाइ पनि महन्थप्रति नतमस्तका बनाएको देखिन्छ ।विवादका समाचार प्रकाशित भैरहँदा काठमाडौँ क्षेत्र नं ५ ख का प्रदेशसभा सदस्य श्याम खड्काले महन्थसँग जदौ गरेको फोटो आफ्नो सामाजिक सन्जालमा राखेका थिए ।
राजनीति शक्तिकेन्द्रदेखि भारतीय दुतावाससम्मको डर-धाक !
महन्थ निगमानन्दको नेपालका मुख्य राजनीतिक दलका केन्द्रसँग राम्रो सम्बन्ध रहेको तथा भारतीय दुतावासको खास मान्छे भनेर चर्चा गरिन्छ । गिरि आफै पनि आफ्नो ठूलो पहुँच भएको र केही परे देखाइदिने भनेर जतिखेर उफ्रिरहेका हुन्छन् । एमालेभित्र इश्वर पोखरेलसँग निकटतादेखि कांग्रेसमा देउवापत्नीसँग निकता भनेर उनले हल्ला फिँजाएका छन् । त्यसैगरी रास्वपाका सभापति रवि लामिछानेसँग पनि व्यक्तिगत सम्बन्ध रहेको भनेर हल्ला चलेको छ । विशेष गरेर लामिछाने पत्नी निकीतासँग गिरिको पूरानो नाता सम्बन्ध गरेको चर्चा गरिन्छ । यस्ता हल्लाले स्थानीयवासीमा महन्थ खतरनाक ठूलो एवम् शक्तिशाली भएको डर पलाएको छ । यो डर स्थानीय जनप्रतिनिधिमा झनै धेरै देखिन्छ ।
के गरे त्यस्तो महन्थ निगमानन्दले ?
निगमानन्द गिरिको सबैभन्दा ठूलो समस्या उनीमा धार्मिक तथा आध्यात्मिक आचरणको कमी हो । एकातिर धार्मिक आचरणको कमी अनि अर्कोतिर आफूले जे ठाने वा जे सोचे त्यो पुरा नै हुनैपर्छ भन्ने अहम् निगमानन्दमा देखिन्छ । उनले भक्तजनको बुढानीलकण्ठ मन्दिरप्रतिको मोहलाइ आफूतिर आकर्षित गरिरहेका छन् । उनी चमत्कारिक बाबाझैँ आफूलाइ प्रस्तुत गर्छन् । धेरैले निगमानन्दमा भारतीय विवादित धर्मगुरू आशाराम वापु तथा रामरहिम बाबाको गुण भेट्ने गरेका छन् । उनका धेरै कृत्यले प्रतिष्ठित मन्दिरको मठाधीश भन्न नसुहाउने देखिन्छ
मन्दिरमा मानिस आउन् वा नआउन् निगमानन्दलाइ कुनै मतलबको विषय हैन तर आफ्नो कोठमा भीड लाग्नुपर्ने मानसिकता राख्छन् उनी । आफूसँग टीका लगाउने र आशीर्वाद् लिनेहरूको भीड हुनुपर्ने उनको भावना रहेको छ । आफ्नै अहम् तथा सोचमा आधारित भएर गिरिले बुढानीलकण्ठ मन्दिरमा घरै घरै बनाउने वातावरण बनाए । महन्थ निवास भनेर विशालरूपमा बनेको भवनको औचित्य एवम् उपयोगिताप्रति नै प्रश्न छ । महन्थ निवासप्रति नै प्रश्न उठिरहेको बेला मन्दिर प्राङ्गणमै धर्मशाला भनेर अर्को भवन बनाउने कामको गिरिले नेतृत्व गरे । जसले मन्दिरलाइ शोभा हैन साँघुरो बनाएको छ । मन्दिरलाइ धार्मिक हैन अन्य कृयाकलापको केन्द्र बन्न प्रेरित गरिरहेको छ । आफु अति प्रभावशाली भएको र भारतीय दुतावास आफ्नो मुठ्ठी रहेको देखाउन चाहने क्रममा उनले मन्दिरको पुरातात्विक तथा ऐतिहासिक पक्षसँग खेलिरहेका देखिन्छ ।
विशाल भवनहरू ठडिए तर बनेन शिव मन्दिर !
बुढानीलकण्ठ मन्दिर प्राङ्गणको पुर्वपट्टि रहेको पुरानो शिव मन्दिर वर्षौँदेखि जीणर् छ । शिव मन्दिरमा पूरानो मन्दिर भत्कन सक्छ नजिक नआउनु होला भनेर लेखिएको छ । मन्दिर प्राङ्गणका करोडौँको उपयोगहीन एवम् मन्दिर क्षेत्र साँघुरो बनाउने विशाल घरहरू ठडिइरहँदा शिव मन्दिर वर्षौँदेखि सबैलाइ गिज्याएर जीणर् बनेर बसेको छ ।
यो शिव मन्दिर बनाउन वा भजन घर, बटुक निवास व्यवस्थित बनाउन भने निगमानन्दलाइ चासो छैन । १ वर्षअघि बटुकहरूको निवास व्यवस्थित गर्न भनेर लगाइएको महायज्ञको पैसाले बटुकहरूका कुनै पनि व्यवस्थापन गर्ने काम भएन । भनिन्छ त्यो रकम निगमानन्दले आफ्नो गाडी किन्न प्रयोग गरे । तिनै बटुकहरुका नाममा यो वर्ष पनि महायज्ञ लगाइएको छ । यो वर्ष उठेको रकम के हुने हो थाहा छैन । महत्वपूणर् कुरा, निगमानन्दको निजी भावनाबाट आयोजना हुने यज्ञ तथा निर्माण हुने घरहरूबाट निगमानन्दसम्म पुग्ने आर्थिक उपार्जनका विषय उठाउन कोही तयार हुँदैनन् । व्यक्तिगतरूपमा कुरा हुँदा त्यो चोर नै हो भन्नेहरू सामुहिकरूपमा भन्न पर्यो भने पर पर भाग्छन् ।