काठमाडौं खबर पुस १, २०८०
संस्कार भन्ने शब्दको उल्लेख बौद्ध कालको साहित्यमा देखिँदैन तर संस्कारको अंग उपनयन, अन्त्येष्टि आदिकोवारे वर्णन गरिराखेको भेटिन्छ । त्यसैले संस्कारलाई परिभाषित गर्दा संस्कार भनेको मानिसको जीवनलाई ठीक ठाँउमा लान आवश्यक योग्यता वा अनुशासन भनी भन्न सकिन्छ । अर्को भाषामा भन्नुपर्दा संस्कार भनेको अशुद्ध वस्तु वा शरीरलाई शुद्ध र राम्रो पार्न समय समयमा गर्ने कार्य हो ।
समय परिवर्तन हुँदै गएपछि विभिन्न विद्धानहरुले सँस्कारलाई आ–आफ्नो विचार अनुसार विश्लेषण गर्ने गरियो । कतिले संस्कारलाई चालिस (४०) वटा, कतिले दश (१०) वटा उल्लेख गरी राखेको छ भनी गृह्य सूत्र पुस्तकमा सँस्कारलाई १२ वटा देखि १८ वटा दिइ राखेको छ । यसरी विभिन्न किताबमा बिभिन्न प्रकार दिइ राखेको भए तापनि हिन्दू धर्मावलम्वी बीचमा गर्दै आएको १६ वटा संस्कार निम्न छन् ।
नेवार संस्कृतिमा देवदेवीका रथ भए जस्तै मानवहरूको लागि रथ बनाउने परम्परा विद्यमान छ । नेवारी परम्परा अनुसार ७७ वर्ष ७ महिना ७ दिनको शुभ साइतमा गर्ने भीमरथारोहण गर्ने अवसरमा विशेष प्रकारको रथ बनाइन्छ । जसको तीन तिर खुल्ला र पछाडिको भाग बन्द हुन्छ । स–सानो चारवटा पाङग्रामाथि आशन बनाएको हुन्छ । जसको छाना गुम्बज शैलीमा हुन्छ । जसलाई आफन्तहरुद्वारा पटुकाको सहयताबाट तान्नेर परिक्रमा गराइन्छ ।
प्राचीनकालमा खट्को स्वरूपमा मन्दिरहरू निर्माण भएको पाइन्छ । जुन मध्यकालमा प्रचलनमा रहेको रथ तथा खट्सँग समानता राख्दछ । तसर्थ मध्यकालमा निर्माण भएका विभिन्न मन्दिरहरूमा रथलाई विशेष महत्वको साथ अकिट रहेको पाइन्छ । रथ तथा खट्लाई प्रस्तर कलामा काष्ठकलामा र चित्रकलामा समेत उत्किर्ण गरिएको छ । रथ तथा खट्देवदेवीहरूको मात्र नभएर मानवहरूको लागि पनि बनाएको पाइन्छ । जस्तै, नेवार समुदायको शव यात्रा गर्दा बनाउने “कुट” विवाहमा दुलही राख्ने “डु” (डोली) र भीमरथारोहण गर्ने बेलामा प्रयोग गरिने रथ प्रमुख हुन्।
ज्यापु शव्द दुइता शव्द ज्या ( काम ) र पूm ( क्षमतायुक्त) को समिश्रण हो भनेर भनेका छन् । यसको मतलव हो ज्यापुहरुले जुनसुकै गाह्रो काम गर्नसक्ने भनेर भनेका छन् । बुद्धको दर्शन शास्त्रमा उलेख गरे अनुसार ज्या को मतलव तीनवटा धार्मिक अर्थ लाग्छ जस्तै पहिलो त्रि–योग ( त्रिगुना ), दोस्रो ज्या–पुन्ही भनेको छ । यसको अर्थ नेपाल भाषामा जेष्ठ महिनाको पूर्ण चन्द्रमा र तेस्रो ज्या–जंको हो । यसको अर्थ मानिस बुढा हुँदा ७७ वर्ष नाघेपछि पहिलो भिमरथारोहन गर्नुलाई नेपाल भाषामा ज्या–जंकु भनिन्छ ।