काठमाडौं खबर मंसिर ३०, २०८०
काठमाडौं । अभिनेता पल शाहको बलात्कारको मुद्दा फेरि ब्युँतिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको संयुक्त इजलासले मुद्दा दोहोर्याएर हेर्न आदेश दिएसँगै यो मुद्दा फेरि ब्युँतिएको हो ।
अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।
उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको हो ।