काठमाडौं खबर मंसिर ३०, २०८०
काठमाडौं । टिकटकको विकल्पमा नेपाली प्रयोगकर्ताले ल्याएको रमाइलो एप असुरक्षित देखिएको छ । करिब २० हजार प्रयोगकर्ताको डेटा ह्याकरले लिक भएसँगै असुरक्षित देखिएको छ । डेड्लिविपन १३३७ नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा डेटा लिक गरेका हुन् ।
सो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ । ह्याकरले इनसेक्युअर डाइरेक्ट अब्जेक्ट रिफ्रेन्सको प्रयोग गरी डेटा लिक गरेको हुनसक्ने साइबर विशेषज्ञहरूको भनाइ छ ।