काठमाडौं खबर मंसिर २९, २०८०
काठमाडौं । चिसोमा बैठक बस्न नसक्ने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक सरेको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म गर्नेगरी सार्ने निर्णय गरेको हो ।
केही दिनअघि धुम्बाराहीमा आफ्ना निकटस्थहरूलाई बोलाएर बैठक सार्ने बारेमा छलफल गरेका थिए । उनले चिसोमा बैठक बस्न नसक्ने भन्दै चिसो सकिएपछि बैठक सार्ने निर्णय गरेका थिए ।
तर काँग्रेसले राष्ट्रियसभा चुनावका कारण बैठक सार्ने निर्णय भएको बताएको छ । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो ।