हजारौं वर्षअघि पृथ्वीमा झार, जङ्गल, वनस्पति केही पनि उत्पन्न भएको थिएन । सृष्टिकर्ता भगवान्ले पोरोक्मी योम्फामी नाउँ भएको एक शतिमान आत्माको सृष्टि गरे । उनले पोरोक्मी योम्फामीलाई पृथ्वीमा झार–पात, वनस्पति इत्यादिको सृष्टि गरी पृथ्वीको शोभा बढाउनु भन्ने आदेश दिए ।
पोरोक्मी योम्फामीले पनि आफ्नो शतिले भ्याएसम्म किसिमकिसिमका झारपात, वृक्ष, लतादिका बिउ बनाएर थुपार्दा एउटा हात्तीको शरीरझैं थुप्रो लाग्यो । यी झारपात, वनस्पती आदिका बिउ तयार गरिनुअघि नै हावा, सूर्य, चन्द्र, तारा, नक्षत्र इत्यादिको सृष्टि भइसकेको थियो र पृथ्वीमा त्यस वेला भयड्ढर हावा चल्दथ्यो । पोरोक्मी योम्फामीले आफ्नो मनमा यसो सम्झे—यत्रो ठूलो पृथ्वीमा जताततै झार, जङ्गल, वनस्पति आदि उमार्नु परेको छ । मैले बनाएका यी बिउहरू (आफै) छर्दै हिंड्नुपरे साह्रै गाह्रो पर्ला । कस्तो बिउ कुन ठाउँमा छर्नुपर्ने हो रु त्यो पनि एउटा गाह्रै कुरो छ । अब कुन उपायले यी बिउहरू पृथ्वीमा छर्ने भनी बहुतै बिचार्दा तिनले सम्झे— पृथ्वीमा थरिथरिका वायुहरू रातदिन चलिरहन्छन । यी बिउहरू हावामा उडाइदिए हावाले नै ती बिउहरू चारैतिर—लेक, बेसी, पहाड, मधेसमा छरिदिन्छ । त्यसो भए पृथ्वीले आफ्नै शतिद्वारा सारा झार, जङ्गल, वनस्पति आदि उमारेर आफ्नो शोभा बढाउँछ ।
यस कुराको तथ्य विचार गरी पोरोक्मी योम्फामीले आफैलाई बनाएका ती वनस्पतिका बिउहरू सबै हावामा उडाइदिए । हावाले ती सारा बिउहरू पृथ्वीका कुनाकुनासम्म उडाएर छरिदियो र अब झार, जङ्गल पृथ्वीमा उम्रन्छन भनी तिनी ढुक्क भएर बसे । तर धेरै दिन व्यतित हुँदा पनि केही उम्रेन । पोरोक्मी योम्फामी छक्क परे । के कारणले यी छरिएका बिउहरू उम्रेनन भनी तिनी चिन्तामा परे तर तिनले बिउहरू उम्रन नसकेको कारण पत्तो लाउन सकेनन । अन्त्यमा तिनले आफ्नो टाउको माथि आकाशतिर फर्काई हेर्दा निलो आकाशमा चर्को घाम लागिरहेको देखे । त्यसै बेला झट्ट तिनका मनमा आफ्ना बिउहरू उम्रन नसकेको कारण पत्ता लागेझैं भयो तर आफूले शङ्का गरेको कारण ठीक हो कि होइन भनी जाँच गर्नलाई तिनले आफ्नो टाउको फेरि पृथ्वीतिर फर्काए । तिनले बनाएका वनस्पतिका बिउ साह्रै मसिना थिए, हावाले तिनलाई उडाएर छरस्ट पारेको थियो । यसैले गर्दा तिनले ती बिउहरू देख्न सकेका थिएनन ।
यस कारण तिनी थपक्क भुइँमा बसी हावाले छरस्ट पारेका ती बिउहरू हेर्न लागे । राम्ररी नियालेर हेर्दा तिनले ती मसिना बिउहरू सुकिरहेका देखे । आफूले शङ्का गरेको कुरो ठीक रहेछ भन्ने तिनले ठहराए । सूर्यको किरणको शतिले तिनको शतिलाई दबाएको रहेछ र उम्रन दिएको रहेनछ । पृथ्वीको शोभाको वृद्धि हुन नदिएको कारण यही रहेछ भन्ने तिनलाई यकिन भयो । तिनले आफैलाई भगवान्पछिको दोस्रो शति मै हुँ भनी सम्झे तर पछि त्यसो होइन रहेछ, सूर्य पो दोस्रो शति रहेछ भन्ने तिनलाई लाग्यो । उनले गमे—सूर्यको शतिले मेरो शतिलाई दबाइदियो । त्यस शतिको दाँजो गर्न म सतिनँ । यसैले अब मलाई हारेर बस्न कर लागेको छ ।
यस्तै कुराको विचार गर्दै पोरोक्मी योम्फामी भुइँमा बसी केही कोर्दै विलाप गरिरहँदा तिनका आँखाबाट आँसुका थोपा झर्न लागे । रिस र विलाप गर्दै तिनी अब फलाक्न थाले । तिनले भने “मैले सूर्यको केही हानि गरेको थीनँ तापनि मैले गरेको काममा सूर्यले डाहाडे भएर सबै बिउलाई आफ्नो रापले सुकाइदिएछ । अब कुन शतिले मैले यी बिउहरू उमार्न सकूँ, भगवान डाँको छाडेर रुन लाग्दा पोरोक्मी योम्फामीको आँखाबाट जमिनमा धेरै आँसु झर्न लाग्यो र त्यसै आँसुले गर्दा पृथ्वीमा छरेका ती बिउहरू भिज्न लागे । भिजेका बिउहरू जम्मै ढाडिएर उम्रन लागे र ससाना बोट भए । हेर्दाहेर्दै तिनले ती बिजनहरू बढेर दुईपाते, त्यसपछि टुसा लागेका र ती टुसाहरू बोट भई झागिएर ठूलो घारी भएका देखे तर ती घारीचाहिँ रूख भएनन । तब पोरोक्मी योम्फामीका हृ दयमा एउटा नयाँ विचार फुर्यो ।
तिनले सम्झे—मेरा यति थोरै आँसुले एउटा यत्रो ठूलो घारी बनाउन सक्दोरहेछ भने धेरै आँसुले किन ठूलाठूला रूखहरू उमार्न नसक्ला । भगवान्को आँसुमात्र त्यति धेरै हुनसक्छ । यसैले आकाशबाट आँसु झार्न पाए त्यसैले पृथ्वीमा मैले छरेका ती बिउहरूबाट बडेबडे रूखहरू उम्रन सक्छन । यो विचार गरेर तिनले आकाशबाट भगवान्को आँसु झार्न अनेक उपाय सोचे तर सकेनन । अन्त्यमा तिनी सृष्टिकर्ताका सामुन्ने गई भन्न लागे “मैले आफ्नो शक्तिले भ्याएसम्म किसिमकिसिमका झारपातका बिउ बनाई हावाको शतिले पृथ्वीभरि फिंजाइदिएँ तर सूर्यको शतिले ती बिउहरू सबै सुकाइदियो । मेरो शक्तिको सूर्यको शतिले डाहागर्यो भन्ठानी चित्त दुखेर विलाप गर्दा मेरा आँखाबाट आँसु झर्यो । त्यसै आँसुले भिजेका जम्मै बिउहरू ढाडिएर टुसा पलाई घारी भए तर रूखचाहिँ भएनन ।
मेरा मनमा यही विचार आयो कि यदि आकाशबाट आँसु वा पानी झार्न सके पृथ्वीभरि झारपात उम्रेर जङ्गल बन्ने थिए । मैले आकाशबाट आँसु झार्न अनेक उपाय गरें तर मेरो कुनै वश चलेन र अन्त्यमा हजूरको सामुन्ने आकाशबाट आँसु बर्साउने युति सिक्न आएको हुँ ।” यो कुरा सुनी भगवान्ले भन्नुभयो “ पाताल लोकमा जाऊ र एउटा बज्रढुङ्गा लिएर एक बित्ता छेलो हान । त्यसपछि एक–दुई गर्दै शतिले भ्याएसम्म जोरसित कोङ्कोङ लुङ नामक पहाडको टाकुरो थर्कने गरी आठ हातसम्म छेलो हान्नू ।
त्यस ढुङ्गाले लाग्नेबितिकै पहाडको टाकुरोबाट चट्याङको डेङडेङ गरी शब्द आउनेछ । त्यसपछि त्यहाँबाट बादल निस्केर सूर्यको शतिलाई ढाकिदिनेछ । तब बादलको बीचबाट पानी भई बर्सन लाग्नेछ, प्रकृतिको करुणापूर्ण आँसुले सारा पृथ्वी भिज्नेछ र झार, जङ्गल इत्यादि उम्रेर सारा पृथ्वी हरियो भरिलो हुनेछ । भगवान्को अर्तीबमोजिम पोरोक्मी योम्फामी पृथ्वी लोकमा आएर वज्र–पत्थर खोजी छेलो हान्न लागे । पहिले एक बित्ता अनि एक हात गर्दै आखिरमा आफ्नो शतिले भ्याएसम्म आठौं पटक कोङ्कोङ लुङ पहाडको टाकुरामा यति जोडसित हाने कि त्यहाँबाट एक भयानक आवाज गरी बिजुली निस्क्यो । त्यहाँबाट बादल पनि निस्क्यो । त्यस बादलले सूर्यको प्रकाश सबै ढाकिदियो । एक छिनपछि त्यही बादलबाट घनघोर वृष्टि हुन लाग्यो । त्यसो हुँदा पृथ्वीमा छरिएका ती बिउहरू बढेर झारपात, रूख आदि उम्रन लागे र पृथ्वी जङ्गल आदिले शोभायमानभयो ।
पृथ्वीका झारपातहरूमा सिस्नुचाहिँ पोरोक्मी योम्फामीको आँसुबाट पहिले सृष्टि भएको हो भनेर त्यसलाई किरातीहरू वनस्पतिहरूमा जेठो मान्दछन । यही सिस्नृुको पात र फूल किरातजातिको प्रथम तरकारीको (लागि) आहारा भएको हो । यसको बोक्राको धागो निकालेर पहिलेका मानिसहरूले आफ्नो पहिरन बनाएका हुन । यसको जरा ओखतीको काममा लाउँछन् ।