नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावकै झल्को दिने गरी मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका ओली अहिले सुदूरपश्चिममा व्यस्त छन्।झण्डा, ब्यानरले सुदूर पहाड रङ्गिचङ्गी छ। तामझामसहित एमालेले थालेको यात्रामा पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न ओलाई भ्याई नभ्याई छ।
यसले एमालेजनमा उत्साह छाएको छ। गृहप्रदेशमै पार्टीको कार्यक्रममा नेता डा. भीम रावल भने सहभागी छैनन्। जसले एमालेकै एक पङ्क्तिमा असन्तुष्टि छ। रावलबिना नेता कार्यकर्ता निराश छन्।
यसैबीच मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो।
नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि ओलीले देउवालाई टेलिफोन सम्पर्क गरेका छन्।ओलीले देउवासँग टेलिफोनमा वार्तालाप गरिरहेको भिडिओ सामाजिक सञ्जालमा साझा गरेका छन्। ‘सुन्दर डडेल्धुरा !!, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ ओलीले सामाजिक लेखेका छन्, ‘उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी!’