

“ठीक छ, म ठमेलतिर जाने गरेको छु, कसले के गर्न सक्छ गरे हुन्छ त !”
बुढानीलकण्ठ मन्दिरका महन्थले यस्तो वाक्य बोले भन्ने कुरा धेरैलाई अनविश्वास लाग्छ सक्छ । मन्दिरमा डेढ दशकदेखि महन्थ पदमा रहेका निगमानन्दले बुढानीलकण्ठ नगरपालिकाकै जनप्रतिनिधिसँग नै यसो भनेपछि नपत्याउने कुरा पनि भएन । बुढानीलकण्ठका वडाध्यक्षसहितका जनप्रतिनिधिमाझ मन्दिरका व्यवस्थापनका विषयमा विवाद हुँदा उनले “कसले के गर्न सक्छ गरे हुन्छ म ठमेलतिर जान्छु” भनेका हुन् ।
ठमेलतिर बेला-कुबेला महन्थ निगमानन्द भेटिने गरेको भनेर केही स्थानीयवासीले भनेको कुरा हल्लाखल्ला चलिरहेको बेला निगमानन्द स्वयमले “मेरो बारेमा हल्ला गर्दा रेछन् हो, म गएको हो कस्ले के गर्न सक्छ गरे हुन्छ” भनेका हुन् । मन्दिर प्रांगणमै तल्लोस्तरको अश्लील बोल्ने आरोप लाग्ने गरेको उनले आफूलाई सरूवा गरेर देखाउन पनि चुनौति दिएका छन् । आफ्नो बारेमा समाचारहरू प्रकाशित भएकोप्रति लक्षित हुँदै उनले “के गर्न सकिन्छ गरेर देखाए हुन्छ त” भनेर चुनौति दिएका हुन् ।
आफ्नो बारे धेरै कुरा नगर्न भन्दै उनले “मेरा बारे धेरै कुरा गर्ने हो भने धरान काण्ड घट्न सक्छ” भनेर धम्कीसमेत दिएको वडाध्यक्षले काठमाडौँ खबरलाई बताए । मन्दिरको पैसाले निजी गाडीसमेत राखेका उनले गाडीका बारेमा आफू पनि पारिवारिक मान्छे भएको र गाडी आवश्यक परेको पनि बताएका थिए ।
कसैको कुरा नसुन्ने, आफूलाई जे मन लाग्यो त्यहि गर्ने स्वभावका निगमानन्दबारे स्थानीयवासीमाझ व्यापक गुनासो भए पनि उनलाई सरूवा गर्न तथा मन्दिरमा क्षेत्र विकास समिति गठन गर्न भने बुढानीलकण्ठ नगरपालिकाले तत्परता देखाउन सकेको छैन । देशकै ठूलो मन्दिरमध्ये एक मानिने बुढानीलकण्ठ मन्दिरमा गतिलो क्षेत्र विकास समिति नबन्दा राष्ट्रिय सम्पत्तिकोरूपमा विकास हुन तथा विश्व सम्पदा सूचिमा पार्ने वातावरण बन्न सकेको छैन ।
यसअघि बनेका क्षेत्र विकास समिति पनि स्थानीय राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र मात्र बन्दा डेढ दशकदेखि निगमानन्दले मन्दिरमा ज्यादति गरिरहेको आरोप लागिरहेको छ । भारतीय दुतावास निकट हुँ भनेर उनले भारतीय राजदुतावासको पनि बदनाम गरिरहेको देखिन्छ । यद्यपि यी आरोपलाई निगमानन्द स्वीकार गर्दैनन् ।
“ठीक छ, द ठमेलतिर जाने गरेको छु, कसले के गर्छ गरे हुन्छ” भनेर उनले वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई भन्न सक्छन् निगमानन्दले केसम्म गर्न सक्छन् सहजै अनुमान गर्न सकिन्छ ।
यसैबीच काठमाडौँ खबरमा प्रकाशित एक समाचारमा टिप्पणी गर्ने अधिकांशले निगमानन्दलाई महन्थबाट हटाउनु पर्ने बताएका छन् भने केहीले समाचारले मन्दिरको बदनाम गरेको टिप्पणी पनि गरेका छन् ।