

सामाजिक कार्यहरूमा नियमितरूपमा देखिदै आएको कम्युनिटि केयर नेपालले बुढानीलकण्ठ मन्दिरमा एकादशी मेलामा आएका भक्तजनका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ ।
लामो लाइन बसेर मन्दिर दर्शन गर्ने तथा मेलामा घुमफिर गर्नेहरूका लागि पानी पिउने समस्या नहोस् भनेर सुद्ध पिउने पानीको व्यवस्था गरिएको कम्युनिटि केयर नेपालका अध्यक्ष रन्जित केसी ले बताए । केसीका अनुसार ११ गतेसम्म चल्ने मेलाभरी पिउने पानीको सहजरूपमा पाउने व्यवस्था गरिएको छ । मन्दिर परिसरमै पिउने पानीका लागि स्टल रहेको छ ।