

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौँ ५ का सांसद प्रदीप पौडेलेको नेतृत्वमा जाजरकोटमा १००० अस्थायी घर टहरा निर्माण सुरू भएको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा एक हजार घर निर्माण गर्ने नेपाली कांग्रेसको निणर्य बमोजिम जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ०५ मा अस्थाई घरटहरा निर्माण कार्य सुरु भएको सांसद पौडेलले बताएका छन् । काम गरिरहेको तस्वीर सार्वजनिक गर्दै सांसद पौडेलले काम सुरू भएको जानकारी दिएका हुन् ।