देवकोटालाई शान्तभवन अस्पतालबाट पशुपतिस्थित हरिकुन्जमा सारिएको थियो । हरिकुन्जमा तीन दिन राखिएपछि उनको अवस्थामा आएको सुधारका कारण उनलाई पुनः शान्तभवन अस्पतालमा ल्याइएको थियो । त्यसको भोलिपल्टै अर्थात् भदौ १९ गतेको दिन बिहानै हरि श्रेष्ठ उनलाई भेट्न अस्पताल पुग्छन् । रातभरको उपचार र रेखदेखपछि देवकोटाको रुप फेरिइसकेको थियो जीउमा धेरै पुूर्ति र उत्साह पनि थियो । देवकोटा अंग्रेजीमा एउटा लामै चिठ्ठी लेखिरहेका थिए । प्रायः सकिनै लागेको त्यो चिठ्ठी उनले मस्को हस्पिटललाई उपचारका लागि भर्ना हुन अनुरोध गर्दै लेखेका थिए ।
केहीबेरको कुराकानीपछि देवकोटा भन्छन्श्रे ष्ठजी एउटा अर्को कागज ल्याउनुस् त । श्रेष्ठले कागज अगाडि राखिदिए । त्यसपछि देवकोटाले पहिले नेपालीमा एउटा कविता लेखे तल उल्लेखित र त्यसपछि एउटा अंग्रेजीमा लेखे । जुन यहाँ जन्मने मान्छेको निम्ति जीवन रमाइलो समारोह हो..’ भन्दै सुरु गरिएको थियो । श्रेष्ठले यी दुवै कविता देवकोटाकै हस्तलिखितमा पुस्तकमा प्रकाशित गरेका छन् ।
संसार रुपी सुख स्वर्ग भित्र
रमेँ रमाएँ लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्री कृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक ।
महामरुमा कणझैँ म तातो
जलेर मर्दो लिनु आश लाटो
सुकी रहको तरु झैँ छु खाली
चिताग्नितापीजलडाल्नफाली।
संसार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीरभैखाकत्यसैबिलाएँ।
यी दुवै कविता देवकोटाले श्रेष्ठलाई स्नेहस्वरुप प्रदान गरे । श्रेष्ठले यसलाई देवकोटाको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले नयाँ समाज नामक पत्रिकामा देवकोटाको स्वास्थ्यसम्बन्धी समाचारसँगै छपाए ।
समाचार छापिएपछि विद्यार्थी बुद्धिजीवी सबैको देवकोटाप्रति सहानुभूति उर्लेर आयो । ‘महाकविप्रति जनताको स्नेह आस्था अचम्मको भयो’ श्रेष्ठ लेख्छन्– ‘उसबेला कांगंेस सरकारले डाल्डा घीउको पैठारी गर्न खोजेको थियो त्यसको विरोधमा जनता डटिरहेका थिए । अब जनताको मोड देवकोटाप्रति आस्थाको रुपमा बदलिन थाल्यो ।’
एकातिर यो कविताले सरकारविरुद्ध त्यतिबेला जारी आन्दोलनलाई मत्थर पार्न थोरबहुत सहयोग गर् यो जब कि प्रकाशनको त्यो उद्देश्य नै थिएन । अर्को तर्फभने श्रेष्ठले यही विषयलाई लिएर अनावश्यक खप्की खानुपर्यो ।
देवकोटासम्बन्धी समाचार प्रकाशन भएको केही दिन बित्न नपाउँदै एक साँझ रेडियो स्टेशनमा महाकविका भाइ गोपीमाधवले फोन गरेर देवकोटाले लेखेको कविता फर्काउनु भने । अचम्म मानेर श्रेष्ठले कारण सोधे । श्रेष्ठले कारण खोजेपछि गोपीमाधव कड्किए । उनको भनाइ थियो – ‘कवितामा व्यापार गर्ने होइन ।’
श्रेष्ठ अलमल्ल परे । उनले गोपीमाधवको तात्पर्य बुझ्न सकेनन् तर यो आक्षेप उनलाई असह्य भयो । त्यसपछि दुवैबीच फोनमा झर्काझर्की नै पर् यो । श्रेष्ठ जवाफ फर्काउँछन्– ‘म तपाईको दाजुको कविताको व्यापार गर्ने व्यापारी होइन तपाईले मलाई के सम्झनुभएको छ कवितामा मैले व्यापार गरेको तपाईले कसरी थाहा पाउनुभयो अनि के सूत्रले मलाई यो आरोप लगाउनुभएको म भोलि बिहान त्यो कविता फर्काउन आउने छु । मलाई त्यो कविता चाहिएको पनि छैन । म कविता लिन धाइरहेको पनि होइन ।’
भोलिपल्टै कविता लिएर श्रेष्ठ मानभवन अस्पताल पुगे । कविता गोपीमाधवलाई बुझाउँदै श्रेष्ठ भन्छन्– ‘लौ कविता लिनुस् । यही कविताका निम्ति होइन तपाई अनाहकमा कड्कनुभएको फेरि तपाईले कविता फिर्ता लिएको छैन भन्नुहोला । मलाई त भरपाई चाहिन्छ ।’ त्यसपछि श्रेष्ठ महाकविलाई राखिएको बेड नजिक पुगेर गुनासो गर्छन्– ‘देवकोटाजी मैले एउटा ठूलो भूल गर्न पुगेँ । ती कविता यहाँले मलाई दिनुभएको भन्ठानेको थिएँ तर होइन रहेछ ।’
सायद यसअघिको घटनाक्रम देवकोटाले बुझिसकेका थिए । उनले ती कविता प्रतिलिपि राख्नका लागि मात्र मागेको हो भनेर प्रस्ट पार्न खोजे । श्रेष्ठले ती कविताका कारण आपुूले खानुपरेको खप्कीका ’boutमा देवकोटालाई अवगत गराए । गोपीमाधव नजिकी देवकोटालाई राखेको क्याविनको अर्को छेउमा बसेर ती कविताका एउटा कापीमा सार्दै थिए ।
प्रतिलिपि सारिसकेपछि ती दुवै कविता श्रेष्ठलाई दिँदै नम्रतापूर्वक महाकविले भने– ’श्रेष्ठजी लिनुस् । यी कविता तपाईलाई स्नेहपूर्वक दिइसकेको न रिसाउनुस् ।’गोपीमाधवले भनेको वचन उनको मस्तिष्कबाट अझै हराएको थिएन । उनले कविता लिन मानेनन् । देवकोटाले निक्कै बेर आग्रह गरे तर श्रेष्ठले इन्कार गरिरहे । आखिर देवकोटाले आँखाबाट आँसु झार्दै भने– ‘श्रेष्ठजी मैले स्नेहवश प्रदान गरेको रचनालाई स्वीकार नगरेर तपाईले यस्तो अवस्थामा मलाई अपमान गर्नुभयो ।’
देवकोटाको आँखामा आँसु देखेर श्रेष्ठले ग्लानी महसुस गरे । आफ्ना कारणले त्यो अवस्थामा देवकोटालाई थप पीडा दिएको महसुस गरेर श्रेष्ठलाई ठूलो भूल गरेकोमा पश्चाताप लाग्यो । त्यसपछि उनी केही बोल्न सक्दैनन् र कविता लिएर त्यहाँबाट फर्कन्छन् ।
देवकोटा दिवंगत भएपछि उनको सम्झनामा टुँडिखेलको खरीबोटको गोलमाचमा शोकसभाको आयोजना गरिएको थियो । त्यो शोक सभामा पुराना–नयाँ स्वदेशी–विदेशी विभिन्न कवि तथा साहित्यकारहरुले आ–आफ्नो कविता तथा मन्तव्य व्यक्त गरे।त्यो शोधसभामा श्रेष्ठ महाकविका त्यही अन्तिम कविता प्रस्तुत गर्न चाहन्थे। त्यसकालागि उनले आयोजकहरुसँग अनुरोधसमेतगरे।
सभामा महाकविको बखान गरेर थुप्रैले आपुूलाई कविको ठूलो प्रशंसक र हितैषी भएको प्रमाणित गर्न मौका पाए तर बिडम्बना श्रेष्ठलाई भने त्यहाँ मौका दिइएन् । यससबन्धमा श्रेष्ठ आफ्नो पुस्तकमा लेख्छन्– ‘जसको निम्ति त्यो शोकसभाको आयोजना गरिएको थियो त्यही शोकसभामा उनै दिवंगत महाकविको अन्तिम उद्गारले स्थान पाउन सकेन । यो समयको बिडम्बना हो ।’