Breaking news

#ट्याग:

माओवादीले ध्वस्त बनाएको १४५ वर्ष पुरानो अछामको मङ्गलसेन दरबार पुनःनिर्माण हुँदै

२०८० असोज १ सोमबार

माओवादी जनयुद्धका बेला तत्कालीन विद्रोही पक्षले २०५८ सालमा ध्वस्त बनाएको अछामको मङ्गलसेन दरबारको पुनःनिर्माण गरिँदै । मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको थियो । झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए ।

 

तस्बिर ः मीन ठकुरी÷रासस



लोकप्रिय समाचार