Breaking news

#ट्याग:

रोकिएको 'विपी साहित्य महोत्सव' असोज ३ गते आयोजना हुने

२०८० असोज १ सोमबार

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि स्थगित ‘बिपी साहित्य महोत्सव’ को तेस्रो दिनको कार्यक्रम संविधान दिवसका दिन हुने भएको छ । नेपाली कांग्रेसले महोत्सवको अन्तिम दिनको कार्यक्रम असोज ३ गते आयोजना गरिएको जानकारी दिएको हो । 

 

पार्टीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

 

बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबार्ल्टन, बिपीको आख्यानमा नारी, परिवारले बुझेका बिपी र बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहने जनाइएको छ । 

 

सम्पूर्ण राजनीतिक दलका नेता, लेखक, साहित्यकार, बुद्धिजीवी, अध्येता, अनुसन्धाता एवं सामाजिक, सांस्कृतिक क्षेत्रमा रुचि राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन विश्वकर्माले अनुरोध गरेका छन् ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार