Breaking news

#ट्याग:

तीजलाई किन हरितालिका उत्सवको रूपमा मानिन्छ ?

२०८० असोज १ सोमबार

पश्चिम समाजमा यस बारे कुनै विधि विधान तथा मान्यता रहेको पाइन्न । तर पनि हाम्रो हिन्दु समाजका कतिपय संस्कार विज्ञान संग प्रत्यक्ष सम्बन्ध गासिएका छन् । यो व्रत पनि विज्ञान सम्वत नै देखिन्छ । त्यसैमध्येको मुख्य मूल्य मान्यतामध्ये हरितालिका तिज पनि एक हो । 

 

विशेषतः यो दिनमा शिवपार्वतीको षोडशोपचार विधिले पूजा पाठ गर्ने चलन छ । विवाहित महिलाले आफना पति मात्र नभई सम्पूर्ण परिवारकै सुख समृद्धिको कामना गरी व्रत बस्दछन् । गृहिणी नै घरको मूल मानिने र घरको सम्पूर्ण जिम्मेवारी दिएकाले आफूभन्दा पनि आफ्ना पति र सम्पूर्ण परिवारकै भलाइको कामना गरेर विवाहित स्त्रीले विशेषरुपमा यो व्रतलाई पालना गर्दछन् । यस सन्दर्भमा एउटा संस्कृत श्लोक रहेको छ ।

 

भाद्र शुक्ल तृतीयायामर्चयन्ति तु हस्तभे ।
तत्र वाद्येन गीतेन रात्रौ जागरणं कृतम ।

 

पार्वतीको यस्तो कठोर तपस्यालेकामविजयी भगवान शिवको आसन पनि डग्मगायो । स्वंयं भगवान शिव उनलाई वरदान दिने उद्देश्यले देखापर्नुभयो र पार्वतीलाई वरदान माग्न लगाउँदा पार्वतीले स्वयं महादेवलाई स्वामीकोरुपमा पाईन् । पछि पार्वती शिवजीकै साथमा हिमालय पर्वतमा आइपुगिन् र राजा हिमाचलले पनि छोरीको इच्छा पूरा गरिदिए । यसै बेलादेखि सखीद्धारा हरित भएकी पार्वतीले गरेको व्रतोउत्सबको नाम नै “हरितालिका व्रतोउत्सव” को नामले प्रसिद्ध भयो । 

 

यसैको सम्मानास्वरुप विवाहित स्त्रीले आ–आफ्ना मनको भावना साकार गर्न तथा आदर्श दाम्पत्य जीवन पाउनलाई परम्परागत रुपमा प्रचलित हरितालिकाको व्रतोउत्सव प्रतिवर्ष अहिले पनि गरिन्छ । यसैगरी भाद्र शुक्ल पञ्चमीको दिन मनाइने क्रषिपञ्चमीको व्रत पनि उत्तिकै महत्वको छ । यस ब्रतमा महिलाहरु अपमार्ग नामक एक प्रकारको बनस्पतिको १०८ वटा दत्तिवन बनाई दन्तधावन गर्दछन् । मृतिकाले स्नान गर्दछन् । पञ्चगव्य प्राशन गर्दछन । सर्वतोभद्र मण्डल बनाई कलश स्थापना गर्दछन् । त्यसपछि षोडशोपचार विधिले सप्तर्षिको पूजा गर्दछन् र दान दक्षिणा गरी सांगे गरिन्छ ।

 

त्यसरी पूजा गर्ने सप्तर्षिका नाम यस प्रकार छन्– कश्यप, भारद्धाज, विश्वामित्र, गौतम जमदग्नि,अत्री र वशिष्ठ । धर्मपरायण नेपाली महिलाका लागि क्रषिपञ्चमी व्रतको ठूलो महिमा छ । यस व्रतको प्रभावले महिलाहरु सौभाग्य सम्पन्न हुनुका साथै रजस्वला हुँदाको अवस्थामा अज्ञानपूर्वक हुने स्पर्शादि दोषबाट समेत मुक्त हुन्छन् भन्ने धारणा पाइन्छ । यससम्बन्धी विभिन्न कथन तथा किवंदन्ती पनि गाँसिएका छन् । प्राचीन समयमा हाम्रा क्रषिमुनी आचार्यहरुले महिलाहरुको आचरण,नैतिकता,पतिव्रता धर्म,स्वास्थ्य विज्ञान आदिको समेत ख्याल गरी तदनुरुप ऋषिपञ्चमीको यो व्रतोउत्सब एउटा प्रायश्चितरुपमा पनि स्थापना गरेका हुन् । रजस्वलाहुनु एउटा निश्चित उमेरमा हुने नियमित प्रकृया हो ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार