Breaking news

#ट्याग:

काठमाडौँमा स्थानीय काउलीको भाउ महँगियो, सोमबार प्रतिकिलो ९५ रुपैयाँ पुग्यो

२०८० असोज १ सोमबार

काठमाडौं। कालीमाटी तरकारी बजारमा आज नेपाली ठूलो गोलभेंडाको थोक औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ तय हुँदा भारतीय ठूलो गोलभेंडाको ५०.७५ रुपैयाँ पुगेको छ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानीय काउलीको मूल्य २० रुपैयाँले बढेको छ। आइतबार औसत ७५ रुपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य सोमबार प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ।

 

यस्तै, लोकल सेतो मूलाको मूल्य प्रतिकिलो २० रुपैयाँले घटेको छ। आइतबार औसत प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको लोकल सेतो मूला आज ७५ रुपैयाँमा बिक्री भइरहेको छ। लौकाको मूल्य पनि आज घटेको छ। आज लौकाको प्रतिकिलो औसत मूल्य २५ रुपैयाँमा झरेको छ। आइतबार यसको औसत मूल्य प्रतिकिलो ३५ रुपैयाँ थियो।



सम्बन्धित समाचार

लोकप्रिय समाचार