Breaking news

#ट्याग:

चितवन पुगेर कांग्रेस नेता डा. शशांक कोइरालाको दाबी, "प्रचण्ड सरकार पाँच वर्षसम्म जान्छ"

२०८० भदौ ३१ आइतबार

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै पाँच वर्षसम्म जानसक्ने उनले बताए । आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले सत्ता गठबन्धनमा सामान्य खटपट भएपनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।

 

उनले भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’ सरकारको स्थायित्व आवश्यक रहेको बताउँदै स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको उनको भनाइ छ ।

 

नेता कोइरालाले नेकपा एमाले) र माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको समेत उनले दावी गरे । उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने अवस्था आएको बताउँदै भने, ‘कांग्रेस सकेसम्म अब एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो ।’



सम्बन्धित समाचार

लोकप्रिय समाचार