Breaking news

#ट्याग:

तरूण दलद्वारा आयोजित बुढानिलकण्ठ नगरपालिकास्तरीय फुटसल प्रतियोगिता वडा नं १२ ले जित्यो

२०८० भदौ ३० शनिबार

काठमाडौँ । नेपाल तरूण दल बुढानीलकण्ठ नगर कमिटिले आयोजना गरेको नगरपालिकास्तरीय फुटसल प्रतियोगिता वडा नं १२ ले जितेको छ । १२ वटा वडा सहभागि रहेको बीर गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगिताको फाइनल खेल वडा नं १२ र वडा नं ४ बीच भएको थियो ।  विजेता तथा उपविजेता टिमलाइ तरूण दल केन्द्रिय सदस्य रन्जित केसी तथा तरूण दल बुढानीलकण्ठ अध्यक्ष राजुविक्रम थापाले सिल्ड तथा मेडल प्रदान गरेका थिए । 

 

बिजेता टिमले असोज २ गते नेपाल तरूण दल काठमाडौँ जिल्ला समितिले आयोजना गर्न लागेको जिल्लास्तरीय फुटसल प्रतियोगितामा भाग लिनेछ । सो प्रतियोगिता  असोज २ गते विहान १० बजे दखि धुकु फुटसल बालुवाटारमा हुने तरूण दल काठमाडौँले जनाएको छ ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार