

नेपाल तरुण दल बुढानिलकण्ठ नगरपालिकाले नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा नगरव्यापी फुटसल प्रतियोगिता गर्ने भएको छ । भाद्र ३० गते शनिवार बुढानीलकण्ठ २ मा रहेको हाम्रो फुटसलमा नगरव्यापी फुटसल प्रतियोगिता आयोजना हुने बताइएको छ । नगरको १३ वटै वडाबाट सहभागि भएर फुटसल खेलिने प्रतियोगिता एक दिने हुने आयोजकले बताएको छ ।
निकट भविष्यमा हुने नेपाल तरूण दल काठमाडौँले आयोजना गर्न लागेको काठमाडौँव्यापी फुटसल प्रतियोगितामा सहभागि हुने टिम निर्माण गर्ने हेतुले नगरव्यापी फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ।