Breaking news

#ट्याग:

अब सरकारी शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने, भाेटसमेत मागेर हिँड्न नपाउने

२०८० भदौ २७ बुधबार

काठमाडौं : शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भएको छ। सरकारले संसदमा दर्ता गराएको 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरिएको हो। 

 

शिक्षकले राजनीति दलका लागि भोट भाग्नसमेत नपाइने व्यवस्था विधेयकमा छ। 'राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन पाइने छैन। तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था यस दफामा गरिएको छ,' विधेयकमा भनिएको छ। 



लोकप्रिय समाचार