Breaking news

#ट्याग:

नेपाल राष्ट्र बैंकद्वारा माछापुच्छ्रे बैंकको लाभांश स्वीकृत, असोज १८ गते वार्षिक साधारण सभा गर्ने

२०८० भदौ २६ मंगलबार

माछापुच्छ्रे बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभाको मिति तयसंगै माछापुच्छ्रे  वार्षिक साधारण सभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

 

बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।  बैंकले शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२÷—(चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९÷—(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । 

 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ । 



लोकप्रिय समाचार