Breaking news

#ट्याग:

मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घट्यो

२०८० भदौ २६ मंगलबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । आज १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

आज २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।



लोकप्रिय समाचार