Breaking news

#ट्याग:

राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक 

२०८० भदौ २५ सोमबार

काठमाडौं । गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ । विभिन्न शैलीमा करिब दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिइसकेका राउतको नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो । 

 

लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतले बताए । 

 

नारायण थापाको शब्द रहेको यो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् ।

 



लोकप्रिय समाचार