Breaking news

#ट्याग:

काठमाडौं बिजनेस क्याम्पसमा ‘टेक ट्रेन्डस्–२०२३’

२०८० भदौ २४ आइतबार

काठमाडौंको बनस्थलीस्थित काठमाडौं बिजनेस क्याम्पस (केबीसी)मा ‘टेक ट्रेन्ड्स–२०२३’ सम्पन्न भएको छ । अहिले सर्वाधिक चासो र सरोकार रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा साइन्स र साइबर सेक्युरिटीबारे त्यहाँ वहस गरिएको थियो । कलेजको सभाहलमा आयोजित कार्यक्रममा सूचना प्रविधिका क्षेत्रका विज्ञहरु र विभिन्न कलेजका विद्यार्थी सहभागी थिए । 

सोही क्याम्पसमा बिसिएमा अध्ययनरत तेस्रो सेमेस्टारका विद्यार्थीहरुले तयार गरेका ‘जीरो वेस्ट बेवसाइट’ सार्वजनिक गर्दै कार्यक्रम सुरु भएको थियो । सोही अवसरमा कलेजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको थियो । त्यस लगत्तै कि नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समीर थापाले ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी ः अवसर र चुनौतीहरु’ विषयमा आफ्नो प्रस्तुती दिएका थिए । 

 

कार्यक्रममा ट्यालेन्ट डेभलपमेन्ट फ्युजमेसिन्सका व्यवस्थापक रोजेस सिखाकर, इन्जिनियर एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवत्ता योगेश अर्याल, नामिका रिसर्च असोसिएट सुमन सापकोटाले आर्टिफिसियल इन्टेलिजेन्सले मानव दुनियाँलाई खतरामा पार्दैछ वा अवसरको वृहत संभावना ल्याउँदैछ भन्ने विषयमा तर्क विर्तक गरेका थिए । 

 

दोस्रो चरणमा ‘डेटा साइन्स’ बारे चर्चा गरिएको थियो । एसिया प्रोजेक्ट फाउन्डेसनका डाइरेक्टर साजना महर्जन अमात्य, डाटा विज्ञ श्री प्रसाद खनाल र पदम राज पन्तले डेटा साइन्सबारे तर्क विर्तक गरे । यसैगरी तेस्रो तरणमा ‘साइबर सेक्युरिटी’का विषयमा टोरोन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माले आफ्नो प्रस्तुती दिएका थिए । सोही विषयमा सुबिसु केबल नेटका भिपी इन्जिनियरिङ रामकृष्ण परियार, सिआइएसओ सिइएच पंकज कुमार ठाकुर र नेटवर्क एन्ड साइबर सेक्युरिटी विज्ञ रमेश पोखेरलले तर्क वितर्क गरेका थिए । 

 

विश्वमा तीव्र विकास भइरहेको सूचना प्रविधिसँगै दौडन सके मात्र कुनैपनि उपलब्धी हासिल गर्न सकिने क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले बताए । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार