Breaking news

#ट्याग:

बालकृष्ण पोखरेल नाटकघरमा विद्यालय नाटक महोत्सव सुरु

२०८० भदौ २४ आइतबार

विराटनगर। विराटनगरमा शुक्रबारदेखि  बालकृष्ण पोखरेल नाटकघरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । नौ वटा विद्यालयहरूको सहभागितामा महोत्सव सुरु भएको हाे ।

शुक्रबार पहिलो दिन शनिबार नाटक ‘आधा सत्य’ नाटक मञ्चन गरिएको हो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा मोर्डन एरा अंग्रेजी विद्यालयका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन् । सुरजकुमार माझीको निर्देशनमा तयार पारिएको नाटक बाल मनोविज्ञानमा आधारित कथाका पात्रहरू चित्रित थिए । 

महोत्सवमा विराटनगरको एउटा सामुदायिक र आठ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूले नाटक मञ्चन गर्दैछन् ।  विद्यार्थीहरूले आफ्नो नाटक  हरेक दिन दिउँसो २ बजदेखि महोत्सवमा  प्रस्तुत गर्ने  छन्। गुरुकुल विराटनगरले २०७६ मा पहिलो र २०७९ सालमा दोस्रो विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो ।

 



लोकप्रिय समाचार