

गोर्खाका राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियान प्रारम्भ गरेपश्चात नेपालमा पुस्तकहरूको सङ्लन गर्ने प्रक्रियाले व्यापकता पाएको छ । फलस्वरूप एकीकरण पूर्वका गोर्खा, नुवाकोट, भक्तपुर, ललितपुर, पाटन दरवार आदि स्थान र मठ, मन्दिर तथा विहारमा रहेका हस्तलिखित ग्रन्थहरू हनुमानढोकास्थित दरबारको पूजा कोठामा सङ्लित हुन पुगेका छन् ।
यसरी संरक्षण गरिएका पुस्तकहरू हिनामिना नहोउन भन्ने उद्देश्यले वि.सं. १८६९ मा गीर्वाणयुद्धवीरविक्रम शाहले पुस्तकालय सम्बन्धी नीति नियमको लालमोहर जारी गरेका छन् । उक्त लालमोहरमा पुस्तकको संरक्षण गर्ने, विना हुकुम कसैलाई पुस्तक नदिने, पुस्तकको तहबिल पुस्तकाध्यक्षको जिम्मा राख्ने, विनासकारी कीरा, मुसा र पानीबाट पुस्तक बचाउने, अशुद्ध पुस्तकलाई शुद्ध गर्ने, पुस्तकको नित्यपूजा आजा गर्ने, साँझमा बत्ती बाल्ने आदि कुराको उल्लेख गरिएको छ । यसैबेलादेखि पुस्तकालयले नेपालको इतिहासमा कानुनी मान्यता पाएको देखिन्छ र त्यही समयदेखि पुस्तक चिताई तहबील नामक अड्डा स्थापना भई त्यसको अध्यक्षमा केदारनाथ पण्डितले नियुक्ति पाएको देखिन्छ ।
नेपालका पहिला राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा लेखापढी गर्ने कोठालाई जैसीकोठा भन्ने चलन पाइन्छ र राणाशासन प्रारम्भ भए लगतैवि.सं. १९०४ मा हनुमानढोकास्थित वसन्तपुर दरबारका सबै पुस्तकहरू जंगबहादुरले थापाथली दरबारको जैसी कोठामा सार्न लगाएको बुझिन्छ ।
जङ्गबहादुरले पाण्डुलिपिहरू र महत्वपूर्ण पत्रहरू सुरक्षित राख्न मुन्सीखाना नामक अड्डा समेत स्थापना गरेको बुझिन्छ । जङ्गबहादुरले बेलायत भ्रमणमा जाँदा त्यहाँको शैक्षिक स्थितिको बारेमा राम्रैसँग बुझेका थिए र बेलायतबाट फर्कंदा एउटा छाप्ने मेसीन पनि लिएर आएका थिए । त्यसपछि नेपालमा पनि छापाखानाबाट पुस्तकहरू प्रकाशित गर्ने प्रचलन सुरु भएकोछ ।
यसप्रकार एकीकरणदेखि वि.सं. २००७ सम्म नेपालमा पुस्तकालय स्थापना गर्ने छिटफुट प्रयास थालिए पनि जनचेतना विस्तार हुने भयले सार्वजनिक पुस्तकालय सञ्चालनमा भने सरकारले अवरोध सिर्जना गरेको पाइन्छ । तर पनि राणाकालको अन्त्यतिर जनस्तरमा पुस्तकालय खोल्ने प्रव्रिmया निकै तीव्र भएको छ सात पूर्वक सार्वजनिक पुस्तकालयहरूको सङ्ख्या यस प्रकार देखा परेको छः
१. हनुमानढोकास्थित पुस्तक चिताइ तहवील अड्डा १८६९
२. मुन्सीखाना, काठमाडौं १९०७ पछि
३. घण्टाघर पुस्तकालय, काठमाडौं, १९५७
४. वीर लाइब्रेरी, काठमाडौं, १९६२
५. त्रिचन्द्र पुस्तकालय, सिराहा, १९७२
६. धवल पुस्तकालय, तानसेन, पाल्पा, २००३
७. आदर्श पुस्तकालय विराटनगर, मोर· २००३
८. प्रदीप्त पुस्तकालय, केलटोल, काठमाडौं, २००३
९. शारदा पुस्तकालय मंगलबजार , ललितपुर, २००३
१०. प्रेम पुस्तकालय, नेपालगञ्ज, २००३
११. विद्यामन्दिर पुस्तकालय, काठमाडौं, २००३
१२. महावीर पुस्तकालय, बुटवल, २००४
१३. सार्वजनिक शिक्षा निकेतन, धनकुटा, २००४
१४. शारदा पुस्तकालय, गौर २००४
१५. हिमालय सार्वजनिक पुस्तकालय, वीरगन्ज २००४
१६. पद्म पुस्तकालय, बन्दीपुर तनहुँ, २००४
१७. छात्र पुस्तक निकेतन, तीनधारा पाठशाला, रानीपोखरी, २००४
१८. त्रिभुवन मोहन पुस्तकालय, घोराही, २००५
१९. श्रीराम पुस्तकालय, भोजपुर, २००५
२०. स्वेतकाली पुस्तकालय, नरदेवी टोल, काठमाडौं, २००७
२१. जनता पुस्तकालय, ब्रहमपुर, महोत्तरी, २००७