

काठमाडौँ । आँखा उपचारको क्षेत्रमा विश्वभर चर्चामा रहेको तिलगंगा आँखा अस्पतालले काठमाडौँ महानगरपालिका वडा नं ८ वासीलाई आँखा उपचारमा विशेष छुट दिने भएको छ । वडा नं ८ मै रहेको अस्पतालले आँखा सम्बन्धि उपचारमा वडावासीलाई सहजता दिने भएको हो । विशेष सुबिधा दिने सम्बन्धमा अस्पताल र वडा कार्यालयबीच सम्झौता भएको वडा नं ८ का वडाध्यक्ष आशमान सङ्गतले जनाएका छन् ।
वडाध्यक्ष सङ्गतले खुशी व्यक्त गर्दै अस्पताल र वडाबीच भएको सम्झौतापत्र तथा सम्झौतापश्चात खिचिएको तस्वीर सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन् ।