Breaking news

#ट्याग:

राजा हटाएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! तर ‘नियत सफा’ नभै केही नहुने रेछ !!

२०८० भदौ ६ बुधबार

बसन्त चौधरी नेपाली व्यपारिक घरानाका मान्छे हुन् । चौधरी ग्रुपसँग उनको नाम जोडिन्छ । समाचारमा पनि छाउन पनि उनलाइ खासै रूचि छैन । कविता, गीत तथा समाजसेवामा उनको लगाव देखिन्छ । तर ट्विटरमा भने उनले छाउँछन् । मिठो र सटिक लेखनका लागि चौधरीको ट्विट परिचित छ । उनले व्यवस्था परिवर्तनसँग लेखेको एक ट्विटले राम्रो चर्चा पाएको छ । चौधरी लेख्छन्ः 

 

राजा हटाएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! संघीयता आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! कमाउनिष्ट आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! तर अहिले आएर थाहा भयो, केहि आएर पनि केहि नहुने रहेछ ! केहि हुनको लागि सबैभन्दा महत्वपूणर् ‘नियत सफा’ हुनुपर्ने रहेछ जुन हाम्रो समाजमा छैन, म मा छैन !! अब व्यवस्था हैन, नियत परिवर्तन गर्नतिर लागौं र सुरुवात आफैबाट गरौं ;)) नत्र जे जे भए पनि कहिल्यै केहि हुनेवाला छैन ! लेखेर राखे हुन्छ !! 

 

चौधरी थप्छन्,  मेरो भनाईः १. बाँसवारी जग्गा संवन्धि कुनै पनि विषयमा मेरो केहि लेनादेना छैन । २. समिट होटलसंग म प्रत्यक्ष वा परोक्ष्य, कुनै पनि रूपमा संलग्नता छैन । ३. बागेश्वर बाबाको नेपाल भ्रमणमा मेरो कुनै भूमिका छैन । मैले भेटेको पनि छैन । थप जानकारीः नर्भिक अस्पतालको सञ्चालनमा समेत विगत २ वर्षदेखी मेरो भूमिका नरहको तथ्य जानकारी गराएको छु । सबै आदरणीय मित्रहरूमा सत्यत्थ्य बुझेर कमेण्ट गरिदिनु हुन सादर अनुरोध गर्दछु ।



लोकप्रिय समाचार