Breaking news

#ट्याग:

चखुञ्चा कहाँसम्म खाेलिने ? यज्ञमतीचाहिँ के हुने ?

२०८० साउन ३१ बुधबार

- बद्रि भट्टराई

 

बुढानीलकण्ठ-कामपाबीच भएर बग्ने खोला खोल्ने सन्दर्भ यतिखेर चर्किएको छ । यसले देशमात्र नभै विदेश पनि घन्काएको छ  । तर याे घन्किएको विषयमा दबिएको कुराचाहिँ महानगरको दबाव र प्रभावमा खुल्न थालेको चखुञ्चा खोला कहाँसम्म खुल्ने अनि सँगैको यज्ञमती खोला के हुने ? भन्ने हो ।  

 

एकातिर चखुञ्चा कहाँसम्म खुल्ने अनि यज्ञमतL खोलाको कहाँ के कतिसम्म व्यवस्थापन हुने ? विषय गौण बन्दैछ ।  अर्कोतिर बुढानीलकण्ठ यस विषयमा सिरियस देखिदैन अनि कामपा पुरै एग्रेसिभ देखिन्छ । बुढानीलकण्ठको स्थानीय सरकारसँग त न योजना छ, न कार्य गर्ने क्षमता छ, न समन्वय गर्न सक्ने ल्याकत छ । केवल छ त तथाकथित जीतको रवैया !


पहिलो कुरा सुकुम्बासीवस्तिदेखि मिलनचोकसम्मको खोला जसलाई खोल्दा खोला रूप राम्रो देखिन्छ । तर यो रमाइलो पानी बग्ने वर्षायाममा मात्र हो हिउँदमा ढलको दुर्गन्धमा हुन्छ । यो सडक खण्ड भन्नुस् वा खोला खण्ड भन्नुस् यहाँ बक्स कल्भर्टका लागि ठेक्का लागिसकेको छ । खोला खोल्नु अघि बक्स कल्भर्टको विकल्प अध्ययन नगरी खोला नै बगाउने बलियो आधारचाहिँ के ? भन्ने प्रश्न उठेको जस्तो लाग्दैन । 

 

महानगरले जस लिन लाग्यो अनि आफ्नो राजनीति सकिन लाग्यो भनेर बुढानीलकण्ठका जनप्रतिनिधिको रूवावासी देखिन्छ ।जनतालाई कन्भिन्स गर्न खोज्नुभन्दा राजनीति कसरी बचाउने दाउमा उनीहरू असरल्ल् भएका देखिन्छन् । खोला त खोल्ने तर योसँगै ढल अनि सडक के हुने विषयमा बुढानीलकण्ठका जनप्रतिनिधिले सोच्न भ्याएझैँ लाग्दैन । खोलासँग वर्षालाइमात्र जोडेर हुन्न हिउँदमा  हुने सम्भावित अवस्था देख्ने खालको विचार के होला ? त्यसरी बहश गर्नपर्छ भनेर  बुढानीलकण्ठले  सोचेको पनि छैन । 


खोला खोल्दा केही तर न्यून मात्रमा भौतिक संरचनाहरु भत्कन सक्छन्  तर पूर्ण व्यवस्थापनको खाकाचाहिँ के हो ? यस्तो कुराको जिम्मेवारी लिने बारे बुढानीलकण्ठको रत्तिभर तयारी देखिन्न । बुढानीलकण्ठवाला जनप्रतिनिधि आफ्नो राजनीति सक्कियो कि भन्ने डरमा रूमल्लिँदा व्यवस्थापन पक्षका कारण भोलिका दिन कपनलाइ झनै गारो पो पार्ने हो कि ? 

 

ढल व्यवस्थापनको विषयचाहिँ बुढानीलकण्ठको मात्रै हैन कमपाले पनि सोच्न पर्ने विषय हो । ढल व्यवस्थापन गर्न सकिएन भने खोला किनार बस्न नसकिने अबस्थामा पुग्नेछ । गन्ध र सङ्क्रामक रोगको शिकारमा नागरीक पर्ने सम्भावना छ । 


अर्को विषय छ,  चखुञ्चा खोलाकै खोलिने क्रम  आरम्भ चोकबाट तेन्जिङचोक तर्फ हुँदै लाखेपोखरी पुग्छ कि पुग्दैन ? सर्सर्ती हेर्दा खोला खोल्दै लाखेपोखरी पुग्ने हो भने  त्यहाँको लगभग आधा वस्ती भत्कन सक्ने देखिन्छ । यो बारे महानगरको वडा नं ६ र बुढानीलकण्ठको वडा नं १२ बीच छलफल भयो त ?

 
अझ महत्वपूर्ण कुरा,  चखुञ्चा र यज्ञमतीको दोभान आरम्भ चोकबाट कपन चौकी हुँदै बग्ने यज्ञमती खोलाको के हुने भन्ने हो । बक्स कल्भर्ट बनिरहेको अबस्थालाइ अब  रोक्ने हो कि ? बक्स कल्भर्ट भत्काउने हो कि ? बक्स कल्भर्ट निर्माणलाइ अझै गुणस्तरीय गर्ने हो कि ?

 

यो खण्डमा खोलाको न्युनमत भाग छोडिएको देखिदैन । खोला खोले बाटो नहुने बाटो निकाले खोला नहुने जस्तो यो ठाउँका बारे बुढानीलकण्ठका बहुप्रतिभाशाली वडाध्यक्षहरू किन मौन छन् ? खोला  नाप जाँच गर्ने र स्पष्ट योजना बनाउन किन चुक्दैछन् ?

 

अन्त्यमा, खोलासम्म नापेर जग्गा बेच्ने, खोलासम्म नापेर जग्गा किन्ने र मास्ने, खोला नाप्न र बेच्न सिफारिस गर्ने, प्लटिङ्ग गर्न दिने यी सब अपराधी हुन कि हैनन् ? यिनीहरूको दोषको सजाय यिनीहरूले पाउने कि नपाउने ?



लोकप्रिय समाचार