

बुढानीलकण्ठ र काठमाडौँ महानगरको सिमानामा रहेको चखुन्चा खोलाले त आकास देख्दैछ । जति जति खोला खनिँदै छ जनताले चाहिँ आँखा देखे कि देखेनन् होला कुन्नि ? भन्ने प्रश्न उठ्न थालेको छ । खोला खोतल्दै जाँदा कपनतिर मापदण्ड विपरीत भोट र नोटका निम्ति नक्सा पास गरेको स्पष्ट देखियो । अब कसरी बुढानिलकण्ठ तर्फको खोला छेउमा खोला छाडेर बाटो कायम हुने जग्गा नै देखिदैन । यहाँ ४ मिटर बाटो कसरी कायम हुन्छ ?
साउन २५ गते वडाध्यक्ष किन बुरुक् बुरुक् उफ्रेका होलान भन्ने कुरा खोला खोल्दै जाँदा स्पष्ट देखियो । यी र यस्ता काला कर्तुत जनताले थाहा पाउने भए भनेर तिनीहरू बुरूक्क बुरूक्क उफ्रिएका रहेछन् । खोला खोल्न महानगरसँग गरेको सम्झौता पनि कति जनपक्षीय रहेछ छर्लङ्ग भएको छ ।
महानगरतिर जस्ताको त्यस्तै छ बुढानिलकण्ठ तर्फ घरै जाने गरी पेलेर डोजर चलेको छ । कारण खोला मिच्नेमा यतैको हात रहेछ । नक्सा पल्टाएर भैरहेको खोला खोल्ने कामसँगै खोला मिच्ने कर्तुतमा संलग्न यतातिरका सबै नेताका अनुहारमा भूमाफियाको मुखुण्डो देखा पर्यो ।
यी भुमाफियाहरु बिरुद्ध सर्वोच्चमा रिट दर्ता गर्नुपर्छ । यस्का लागि हस्ताक्षर संकलनदेखि बिरोधका कार्यक्रमहरुसहितको अभियानमा सुरु गर्नु पर्छ । प्रतिपक्ष दलहरु लगायत संपूर्ण बुद्धिजीवी,समाजसेवी,युवाहरु लगायत सरोकारवालाहरुले आफ्नो ससक्त भुमिका निर्वाह गर्ने बेला भएको छ।