Breaking news

#ट्याग:

विश्वमै 'स्मार्ट फोनको कुलत’ भएको देशमध्ये नेपाल दशौँ नम्बरमा !

२०८० असार १७ आइतबार

नेपाल विश्वमै स्मार्टफोनको कुलत भएको देशमध्येमा टपटेनमा परेको छ । वर्ल्ड स्टाटिक्सले सार्बजनिक गरेको एक डेटा अनुसार स्मार्टफोनको कुलत भएको देशमध्ये नेपाल दशौँ नम्बरमा रहेको छ भने चीन नम्बर एकमा रहेको छ । थोरै जनसंख्या भएको मुलुक भएर पनि स्मार्ट फोनको कुलतमा पर्न भने नेपाल सफल भएको छ । स्मार्टफोन र सो फोनमा हुने टिकटकलगायत सामाजिक सन्जाल पछ्याउने नेपालीहरूको दिनचर्याको सबैभन्दा ठूलो समय स्मार्टफोन चलाउनैमा व्यतित हुने गरेको छ । 

 

स्मार्ट फोनको कुलत भएको देशमा नेपाल १० औँ स्थानमा रहेको छ भने अमेरिका १८ औँ नम्बरमा रहेको छ । जबकी अमेरिका विश्वमा तेस्रो धेरै जनसंख्या भएको मुलुक हो । स्मार्ट फोनको कुलत(एडिक्सन)का विषयमा  पहिलो नम्बरमा रहेको चीनलाई साउदी अरेबियाले पछ्याइरहेको छ। तेस्रो नम्बरमा मलेसिया, चौथोमा ब्राजिल तथा पाँचौमा साउथ कोरिया रहेको छ ।

 

नेपालको एउटा छिमेकी राष्ट्र चीनका स्मार्टफोन कुलतको क्षेत्रमा पहिलो भए पनि अर्काे छिमेकी देश भारत भने तथ्यांकमा १७ औँ स्थानमा देखिएको छ । स्मार्ट फोन कुलत भएका देशमध्ये २४ औँ स्थानमा जर्मनी रहेको छ । 



लोकप्रिय समाचार