Breaking news

#ट्याग:

बुढानीलकण्ठ स्कूलमा “नयाँ विद्यार्थी भर्ना“ विषयमा व्यापक अनियमितता !

२०८० जेठ १२ शुक्रबार

सिङ्गो नेपालकै शिक्षा क्षेत्रमा कोशेढुङ्गाको रूपमा लिइने बुढानीलकण्ठ स्कूलभित्र नयाँ विद्यार्थी भर्ना व्यापक अनियमितता हुने गरेको आरोप लागेको छ । शुल्क तिर्ने विद्यार्थीको भर्नामा स्कूलको प्राचार्यले अनियमितता तथा अपारदर्शी काम भएको भन्दै दुइजना अभिभावकद्वारा नगरपालिका तथा अख्तियार गुहार्न लागेको बताएका छन् । 

 

आफ्नो बच्चाको नाम वेटिङ लिस्टमा राखे पनि अपारदर्शी हिसाबले फेल भएका विद्यार्थीलाइ भर्ना गरेको भन्दै काठमाडौँ खबरलाई भेट्न आएको दुई अभिभावकले बुढानीलकण्ठ नगरपालिका र अख्तियारमा निवेदन दिन लागेको बताए । वेटिङ लिस्टमा रहेका आफ्ना बच्चाको नाम किन काटियो र अरू दुइ विद्यार्थी किन र कसरी राखियो भन्ने बारेमा बुढानीलकण्ठ स्कूलले जवाफ नदिएको भन्दै उनीहरू सम्बन्धित निकाय गुहार्ने तरखर पुगेका हुन् । अख्तियार गुहार्न लागेका उनीहरू बुढानीलकण्ठ स्कूलमा नयाँ भर्ना विषयमा मात्र नभै अन्य कतिपय विषयमा अपारदर्शी र अनियमितता भैरहेको भन्दै बुँदागतरूपमै अख्तियारलाइ गुहार्न लागेको उनीहरूले बताए । 

 

देशमै राम्रो शिक्षाका लागि परिचित प्रतिष्ठित स्कूलले यस्तो काम गर्दा देशकै प्रतिष्ठामा आँच आउने बताउँदै उनीहरूले यति ठूलो स्कूलको प्राचार्यले निजी लोभमा यस्तो काम गरेको ठम्याई भएकाले सम्बन्धित निकाय गुहार्न लागेको बताए । परिआएमा नाम सार्वजनिक गर्न तयार रहेको बताउँदै उनीहरुले भने,  "राम्रा एवम् प्रतिष्ठित स्कूलमा पनि ठूलाहरूको चैन देखेर दुःख लाग्यो, मिडियाले साथ दिनु पर्याे"

 

(फाेटाेः बुढानीलकण्ठ स्कूलकाे वेवसाइटबाट साभार)



सम्बन्धित समाचार

लोकप्रिय समाचार