Breaking news

#ट्याग:

विनाेद चाैधरीपछि डलर अर्बपति बन्दै चन्द्र ढकाल

२०७९ चैत २२ बुधबार

नेपालमा डलर अर्बपति भन्ने बित्तिकै विनाेद चाैधरीलाइ चिनिन्छ । चाैधरीकाे सम्पत्तिकाबारे हालै एक रिपाेर्ट सार्वजनिक भएकाे छ । चाैधरीसँग १८० कराेड डलर रहेकाे छ । अब एक अर्काे नेपाली उद्यमी तथा व्यवसायी डलर अर्बपति बन्ने अबस्थामा पुगेका छन् । उनी हुन् चन्द्र ढकाल । 

 

उद्यमी तथा व्यवसायी चन्द्र ढकाल, जो ७ वटा क्षेत्रमा १४ वटा ठूला कम्पनी हाँकिरहेका छन्। ती कम्पनीहरुको सम्पत्ति मात्रै करिब ६० करोड अमेरिकी डलरभन्दा माथि छ।  आईएमई ग्रुप र सोअन्तर्गतको ५७ अर्ब रुपैयाँ पुँजी रहेको ग्लोबल आइएमई बैंक, चन्द्रागिरि हिल्स, माउन्टेन इनर्जी, हिमालयन पावर पार्टनर, पूर्वाधार विकास बैंक (निफ्रा), डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा उनको लगानी छ। 

 

ढकाल मालिक रहेका कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुँदै छन्।  अहिलेसम्म ४ वटा कम्पनी पब्लिक कम्पनीमा गई सार्वजनिक सेयर निष्काशन गरिसकका छन् भने आईएमई लिमिटेड, डिस मिडिया नेटवर्क र आईएमई रेमिट पनि पब्लिक कम्पनी बनाएर पुँजी बढाउने तरखरमा छन्।

 

यदि यी कम्पनीको पनि सार्वजनिक सेयर निष्काशनमा आउने हो भने नेपालको अर्को डलर अर्बपति बन्नेतिर ढकाल अग्रर हुँदैछन्।ढकाललाई नजिकबाट चिन्नेहरुको भनाइ छ– महासंघको अध्यक्ष कार्यकाल सकिँदासम्म अर्थात् तीन वर्षभित्र सम्पत्ति बढेर विनोद चौधरीपछि अर्का डलर अर्बपतिको रुपमा उनी आउन सक्ने छन्। 

 

पुँजी जुटाउन प्राइभेट कम्पनीलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्ने रणनीतिले उनलाई निकट भविष्यमै डलर अर्बपतिमा उकाल्ने छ।    पहिलोपटक पढ्ने र कमाउने हुटहुटी बोकेर १७ वर्षको उमेरमै घर छाडेका उनी ३८ वर्षको संघर्षपछि नेपालमा व्यावसायिक साम्राज्य खडा गर्न सफल भएका छन्।

 

१७ वर्षमा पलाएको त्यो हुटहुटीलाई ५५ वर्षीय ढकाल आफूले पाएको सफलताको पहिलो सुरुवात मान्छन्।  सानै छँदा उनले बुबा गुमाउनु पर्यो। जीवनको बाटो पहिल्याइदिने संरक्षक गुमाउनुको पीडासँगै आमा र भाइबहिनीप्रतिको जिम्मेवारी थपियो।
त्यसपछि कलिलो उमेरमै काठमाडौं हानिएका थिए ढकाल। 

 

‘आफूमाथि जिम्मेवारी नआएसम्म सपनाको पछाडि नदौडिने रहेछौँ’, २०४१ तिर फर्किँदै ढकाल भन्छन्, ‘१७ वर्षको उमेरमै परिवारको जिम्मेवारी ममा आएपछि कमाउन काठमाडौँ पसेको थिएँ।’ ३८ वर्षअगाडि बाग्लुङको अमलाचौरमा रहेका उनीभित्र घरको दैलो नाघेर पैसा कमाउने हुटहुटी आएको थियो। नआएको हुँदो हो त अहिले नामले ‘चन्द्र ढकाल’ बने पनि कामले ७ ठूला व्यवसायका मालिक सायदै हुने थिए। 

 

तिनै ढकाल यतिबेला उद्योगीहरुको संरक्षक बन्दै छन्। अर्थात् नेपालका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुँदै छन्।  व्यावसायिक घरानामै हुर्केका व्यवसायीमाझ उदाएका उनी महासंघको अध्यक्ष हुने पहिलो त्यस्ता व्यक्ति बन्दै छन् जो आफैँमा एउटा मध्यमवर्गीय परिवारको प्रतिनिधि हुन्। 



लोकप्रिय समाचार