

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको छ । जहाज १५ माइलबाट फर्काइएको हो ।
शनिबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाजको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौंमा डाइभर्ट गरेर अवतरण गरिएको हो ।
अहिले उक्त जहाजलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणको टोलीले जाँच गर्ने प्रवक्ता निरौलाले बताए । उक्त जहाजमा चालकदलका सदस्य सहित ६७ यात्रु सवार थिए ।