Breaking news

#ट्याग:

राष्ट्रपति रामचन्द्र पाैडेलकाे सरल र सहज चियापान समाराेह सम्पन्न

२०७९ चैत ४ शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा आज (शनिबार) बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका छन् । 

 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए । 

 

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौँ आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन्  । चियापान समाराेहमा पूर्ववर्ति राष्ट्रपतिजस्ताे राजसी नभैकन सामान्य स्वरूपकाे सरल रहेकाे सहभागि बताए । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार