

काठमाडौं । बिपी डब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। गत फागुन १८ देखि २३ सम्म सर्वसाधारणको लागि खुलेको ८० हजार ९५० कित्ता सेयरको बाँडफाँट भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। यस अनुसार कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् ।