

काठमाडौं । सेयर बजार घट्यो भनेर नेप्सेको कार्यालय घेर्न पुगेका ३ जना अभियान्तालाई प्रहरीले कारबाही गरेको छ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय अघि धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले तिलक कोइराला,नयन बास्ताेला, अर्जुन प्रसाद काेइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरी वृत सिंहदरबारमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै नेप्से घेर्न पुगेका थिए ।