Breaking news

#ट्याग:

उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीले जनही पाँच/पाँच लाख रुपैयाँ पुरस्कार पाउने

२०७९ चैत ३ शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार युएईविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसअघि जनही २/२ लाख रुपैयाँ दिने घोषणा गरेका प्रधानमन्त्रीले विश्वकपको क्वालिफायर बनेपछि थप पुरस्कार राशीको घोषणा गरेका हुन् । 

 

सरकारले खेलाडी लागि पुरस्कार दिन  खेलकुद पुरस्कार कार्यविधि बनाएको भए पनि त्यो कार्यविधिले यो प्रतियोगिता नसमेट्ने भएका कारण प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 

बिहीबार अकल्पनीय तरिकाले खेल प्रस्तुत गरेर असम्भव जस्तै भएको खेलमा विजय हाँसिल गर्दै नेपाल विश्वकपको क्वालिफायरमा सिधै छनोट भएको थियो । लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

 

स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए । शुक्रबार पनि बालुवाटारमै बोलाएर उनले थप पुरस्कार राशीको घोषणा गरेका हुन् । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार